जुम्ला ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जन्तामाझ गयर भोट माग्ने नैतिकता नभएको बताए । उनले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, पटक पटक संसद् विघटन गर्ने काम गरेकाले फेरी जन्तामाझ गयर भोट माग्ने नैतिकता नरहेको बताएका हुन । दाहालले भने पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओलीलाई जन्ता सामु गयर मत माग्ने अधिकार छैन बरु आत्मा गलानी गर्ने अधिकार छ ।
जन्ताले यस पपटको निर्वाचनबाट पत्तासाफ गरिदिने छन ।जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष दाहालले ओलीले राजनीतिक अस्तिृत्व गुमाएको बताए । उनी राजनितिकमा असफल भए । जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बेला हो तर उनी अझै जे गरे ठिक गरे जस्तो मान्दै हिडेका छन । ‘अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक छ । ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष ग¥यौं । त्यही क्रममा यो गठबन्धन बनेको हो ।
त्यसैले यो निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बिचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’अर्को गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको भन्दै उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वामलोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आग्रह गरे ।उनले कर्णालीबाट प्रतिगमनकारी, निरंकुशतावादी र सामान्तवादीलाई शून्य बनाएर छाड्नुपर्ने दिन जन्ताले ल्याउछन भन्नेमा बिश्वास छ । दाहालले कर्णालीको सडक पिचमात्रै होइन फराकिलो बनाउने, आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका निम्ति त्यो बाटो बनाउने प्रतिबद्धता जाहेर गरे ।