एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहित बहुमत सदस्य नेकपा एमालेमा फर्किए

जुम्ला ः माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा एमाले पार्टिमै फर्केका छन । नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन ।
एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए । उनले भने, बहुमत सदस्य सहित सबै ऐमालेमै फर्केका छौ ।

मंसिर ४मा हुने निर्वाचनमा ऐमाले पाटीलाई पहिलो पाटी बनाउनका लागी एक मत भएको बताए । उनीहरुले (सोमवार) ऐमालेको पाटी कार्यलयमा पत्रकार भेटघाट कार्यक्रम गरि दुबै पाटी एक भएको घोषणा गरेका छन ।
पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको एक नेताले जानकारी दिएका छन ।
नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको थियो।
पछिल्लो समय समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको ओैचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको ऐमालेका अध्यक्ष शान्तिलाल महतले बताए ।
उनका अनुसार पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने दाबी गरीएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ योगी रहेका छन् । भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तिर्थ बुढाले नेकपा एकीकृत समाजवादी पाटी एर्थावत रहको बताए । उनले बहुमत सदस्य सहित सबै ऐमालेमै फर्केको भन्ने हल्ला मात्रै रहेको दाबी गरे । उनले भने, हाम्रो जिल्ला कार्यसमिति २ सय १ जनाको हो ।उनीहरुको कुनै इच्चा होइन ।केही ब्यक्तिगत स्वार्थ बोकेका मात्रै ऐमाले भएका हुन ।यहा कुनै पाटीको बैठक समेत बसेको छैन । नेकपा एकीकृत समाजवादी पार्टी समाहित भएको कुरा झुटो भएको बताए ।
एकीकृत समाजवादीद्वारा कारबाहीको घोषणा
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा समेत गरेको छ । पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको भुसालको भनाइ छ ।
उनीहरुलाई पार्टी विधानको कारा ६४(क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो । साथै जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिी मार्फत उल्लेख छ ।

 

सम्बन्धित समाचार