कात्तिक २२मा प्रचण्डले जुम्ला, हुम्ला र कालिकोटको चुनावीसभा सम्वोधन गर्ने

जुम्ला ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साविक माथिल्लो कर्णालीका ३ जिल्लामा चुनावीसभा सम्वोधन गर्ने भएका छन् ।
प्रचण्डले एकै साथ ३ जिल्लामा गठवन्धनको आम चुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टी स्रोतले जानकारी दिएको छ ।
त्यस्तै नेकपा माओवादीका नेता मनऋषि धितालका अनुसार माओवादी केन्द्रका अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा आई चुनावीसभा सम्वोधन गर्ने छन ् । नेता धितालले प्रचण्ड विहान ९ बजे सुर्खेत आउने छन् ।

सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् । यसैगरी माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठवन्धनको चुनावीसभा सम्वोधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ, यसैगरी सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुदै दिउसो १२ः३० मा कालिकोट उड्ने तालिका रहेको छ ।
जुम्लामा गठवन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेशसभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवारको रुपमा छन् ।