महोत्तरीको भंगाहामा कर्फ्यू

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ८ मा दुई समुदायबीच झडप हुदा बिहीबार बट प्रशासनले कफ्र्यु लगाएको छ । झडप पछि अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू लगाएको थियो ।
हिन्दु सम्राट सेनाले बिहीबार एक र्‍याली निकालेको थियो । त्यसक्रममा भएको विवादले उग्र रूप लिन थालेपछि प्रशासनले कर्फ्यु लगाएको हो । विवादले उग्र बन्दै गएपछि महोत्तरी प्रशासनले भंगहा ८को क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाएको हो ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरेको थियो ‌। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै छ । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ‌। दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

सम्प्रादायिक सदभाव खलल पुग्ने गरी दुई पक्ष बीच झडपको स्थिति सिर्जना भई शान्ति सुरक्षाको स्थिति भंग हुन सक्ने अवस्ता सृजना भएको हुँदा स्थितिलाई सामान्यिकरण गर्ने प्रयास भइरहेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ‌।

कर्फ्यू आदेश जारी रहेसम्म सो क्षेत्रमा अत्यावश्यक सेवा वाहेक उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, याली, सभा जस्ता कृयाकलाप गर्न पाइने छैन ‌।

झडपमा दुई पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । उनीहरुको ढुंङगामुडाका कारण केहि प्रहरी पनि घाइते भएका छन् । अहिले सो ठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालित छन् ।