सत्ता गठबन्धन सात क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गदै , तीनवटामा कांग्रेस–माओवादी जुध्दै
काठमाडौं । पाँच दलिए सत्ता गठबन्धनले आउदो मंरिमा हुने चुनावमा तालमेल गरेका छन् । केहि क्षेत्रमा अन्तिम समयमा आएर तालमेल हुन नसक्दा आपस मित्रवत प्रतिस्पर्धामा उत्रेका छन । गठबन्धनका शिर्ष नेतृत्वले नै तालमेल गर्न नसकेका स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेशमा पाँचदलीय र अन्य प्रदेशहरूमा चारदलीय गठबन्धन बनाएको सत्तारुढ गठबन्धनले तालमेल नभएका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय लिएको हो ।
शुक्रबार विज्ञप्ती जारी गदै केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानहरूमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
तालमेल नभएका क्षेत्रहरु
चारदलीय गठबन्धन देशभर भए पनि एक मात्रै निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आधिकारिक उम्मेदवार उठाएका छन् ।
नेपाली कांग्रेसले पूर्णबहादुर तामाङ ९कान्छा तामाङ० लाई यो जिल्लामा उम्मेदवार उठाउँदा नेकपा एसले देवशंकर पौडेललाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।
काठमाडौं जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् । काठमाडौं ३ मा कांग्रेसले गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ भने माओवादीले बद्रीप्रसाद बजगाईंलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, काठमाडौं १० मा पनि सत्ता गठबन्धनको साझा उम्मेदवार छैनन् । काठमाडौं १० मा कांग्रेसले सांसद राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । उनले २०७० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए । त्यस्तै, माओवादी केन्द्रले अञ्जना विसंखेलाई उम्मेदवार बनाएको छ । यी दुवै जना अहिले २०७४ को निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचनमा आएका पात्र हुन् ।
मधेसका यी निर्वाचन क्षेत्रमा मिलेन तालमेल
मधेसमा पाँचदलीय गठबन्धन भनिए पनि कतिपय निर्वाचन क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र सत्ता गठबन्धनका अन्य दलबाट साझा उम्मेदवार छैनन् ।
सप्तरी ३ मा कांग्रेसले दिनेशकुमार यादवलाई उम्मेदवार बनाउँदा लोसपाले लक्ष्मीकान्त मण्डललाई उम्मेदवार बनाएको छ ।
धनुषा २ मा कांग्रेस र नेकपा एस दुवैका उम्मेदवार छन् । कांग्रेसले रामकृष्ण यादवलाई उम्मेदवार बनाउँदा नेकपा एसले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, बारा २ मा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार तय गर्न सकेका छैनन् । बारा २ मा कांग्रेसले अजयकुमार चौरसियालाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रले शिवचन्द्रप्रसाद कुसवाहलाई उम्मेदवार बनाएको छ ।
राजेन्द्र महतोलाई छैन सत्ता गठबन्धनको साथ
लोसपा नेता राजेन्द्र महतो उम्मेदवार बनेको सर्लाही २ मा सत्ता गठबन्धनका चार दलले साझा उम्मेदवार उठाएका छन् ।
सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टी नेसपाका नेता महेन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न गइरहेका छन् ।








