मालिक बनेपछि एलन मस्कले हटाए ट्वीटरका सीईओसहित उच्च कर्मचारी

काठमाडौं । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि त्यसका प्रमुख कार्यकारी अधिकृत(सिइओ) लगायत उच्च तहका कर्मचारी हटाएको बताइएको छ ।
मस्कले अमेरिकी अर्पति हुन् । उनले केहि समय पहिला ट्वीटर खरिदेका थिए ।

ट्वीटरको स्वामित्व लिएपछि मस्कले ट्वीटरका सीईओ पराग अग्रवाललाई हटाएको बताइएको छ । सीईओ अग्रवालसँगै ट्वीटरका चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई मालिक मस्कले हटाएको द गार्जियनले जनाएको छ । मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेका हुन् ।

बर्खास्तबारे भने दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा जानकारी गराएका छैनन् । मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्वीटरको सीईओमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार