पँहुजवालाले जाहजको टिकट पाउदै गर्दा सर्वसाधरण आक्रोश बनेको एक दृश्य

जुम्ला ः जुम्ला सहित कर्णाली यतिवेला बिपद्का कारण शोकमा डुवेको छ । कतिजनाको घर भत्कीयर ज्यान गएको छ ।भने कति जना पहिरोमा परेर ज्यान गुमाएका छन ।पहिरोकै कारण कर्णाली राजमार्गको ठाउँ–ठाउँमा अबरुद्ध छ । बाटो बन्द हुँदा दसैँ मनाउन जुम्ला पुगेका जुम्ली जनताले आफ्नो कर्मथलो तर्फ फर्किन पाएका छैनन ।यसको फाइदा जहाजवालेले लिएका छन ।

त्यो पनि ठुलावडाको पहजुमा छ । सार्वसारणले त टिकट पाउन सकेका छैनन। टिकट पाएनौ भनेर भीड, कहिले जिल्ला प्रशासन कार्यालय अगाडी त कहिले जुम्ला एयरपोटको बाहिर पटि लाग्ने गरेको छ ।केही भिड निजी एयरलाइन्सका स्टेसन म्यानेजरहरूको घरतिर लागेको पान्इछ ।

त्यही कारण कालोबजरी गर्ने सोचमा एयरलाइन्सका ऐजेन्टहरु लागे । एकहप्ता अगाडीको कुरा हो। नेपालगञ्जबाट भरीभराउ यात्रुल्याउदा पनि एकतर्फ यात्रुमात्रै छन भन्दै चार्टर्ड उडान गरेर जसको भाडा प्रति ब्यक्ति १४ हजार सम्म तिर । त्यही १४ हजार तिरेर सर्वसाधरण जान नपाए पछि जब भीड टिकटकै लागि जिल्ला प्रशासन कार्यालयमा भिड लाग्यो ।
उज्यालो नहुदै बिमानस्थल धाउने जुम्ली जनताको पीडा

त्यस्तै प्लेन टिकटकै लागी एक हप्ता देखी एर्पोट धाउदै आएका माधब चौलाँगाई भन्छन ,यहि गएएको शुक्रबार सम्म खेलाडी र जाँच दिने विद्यार्थीलाई प्राथमिकता दिने भनेर प्रशासनले नाम लिष्ट बनायर प्लेन टिकट बाँड्ने जिम्मा लियो। उनले भने,”शनिबार यौटा पनि प्लेन आएन ।

आइतबार “समीट एअर” आयो । म जस्तै एक हप्तादेखि टिकटको पर्खाईमा रहेका यात्रुको कुनै वास्ता छैन । तर प्रशासनबाटै सेते नम्वर प्लेट गरेका ’सरकारी’ गाडीले फटाफट आफ्ना यात्री ओसारेर बठाएको बताए । चौलागाइका अनुसार बिद्यार्थी बिरामी पठाउछु भन्दै आदर्श गफ गर्ने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसारीले नै आइतबार आफ्नै परिवारलाई सुरक्षा माझ सुटुक्क पठाएका हुन ।

उनले भने,”प्रहरी र सशस्त्र बलका प्रमुखले पनि आफ्ना मान्छे घुसाएको बताए । एउटा सरकारी गाडिले त आफ्ना यात्रु पठाउन हदै गर्यो । विगत १२ दिनदेखि जुम्लामा अड्किएर बसेका, दिनदिनै एअरपोर्ट र प्रशासन धाईरहेका ३ जना भारतीय पर्यटकले बोर्डिंग पास लिएर उड्ने प्रतिक्षामा रहेका फर्काइ दिएको बताए । उनले भने,मन्त्रीको मान्छे आएका थिए भनिएको त्यो गाडि र एकजना प्रबुद्ध व्यक्तिको मान्छेका कारण उनीहरुलाई फकाईएका थिए ।
टिकट नपाएका यात्रु आक्रोस भएका यात्रुलाई भने पुलिसले दिनभर पटक पटक धरपकड गर्दै आएको थियो ।

प्रशासनले टिकटको लागी बनाएको लिष्ट बिमान स्थलमा पठाएको थियो । तर त्यो लिष्ट त्यहा खटिएको प्रहरीको इन्चार्जलेनै भित्र बस्न नदिने गरेको थियो । उनले भने,हवाइजाहजको टिकटकै लागी उज्ज्यालो नहुँदै एयरपोर्ट धाउने जुम्ली जनता एयरपोर्टमै अलपत्र परेका जन्ताको पीडा यहा सरोवालो बुझ्ने गरेका छंन । स्थानीय प्रशासनमा लाईन लागेर २०६ जनाको लिष्ट तयार पारेको थियो । सो लिष्ट कार्यान्वयनका लागी प्रशासनबाट गएका एक जना कर्मचारीलाई समेत सुरक्षाका लागी खटिएका प्रहरी इन्चार्जले नै भित्र पस्न नदिएका हुन ।
सुरक्षाकर्मीहरुको ज्यादती

सुरक्षाकर्मीहरुले पनि सुरक्षा कडा गरेर एयरपोर्टभित्र टिकटको लागि जान नदिँदा समस्या परेका धेरै मारमा परेका छन । उनीहरु अस्पतालबाट रिफोर गरेका बिरामी , रोजगारीको लागी बिदेश जाने नागरिकहरु हुन ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले हिमा गाउपालिका राहत पुर्याउन आएको नेपाली सेनाको हेलिकप्टरलाई अनुरोध गरि बिद्यार्थी पठाइएको छ । प्रशासनले कुनै पनि आफ्नो कर्मचारी पठाईएको छैन । प्रशासनको काम हवाइ जहाज थपको लागी अनुरोध गर्ने हो । टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागी एयरलाइन्स संग रिकोर्ष गरेको हो । तर प्रशासनले नै रिकोर्ष गरेका नागरिकलाई त्यहाका सुरक्षाकर्मीले समस्या दर्शाउदा पनि भित्र छिर्न नपाउदैन ।
जुम्लाको लागि दैनिक एउटा मात्र जहाज

जुम्लाको लागि दैनिक एउटा मात्र जहाजको एउटा मात्र उडान भएको र त्यो उडानमा पनि ठुलाबडा आफ्ना आफन्त आसेपासेहरूले मात्र टिकट पाउने गरेका छन ।बाँकी रहेको टिकट कहिले प्रशासन त कहिले एयरपोर्टको टावर त कहिले एयरलाइन्सका कर्मचारी त कहिले ट्राभल एजेन्सी चलाउँछु भन्ने भनाउदा दलालहरुले आफ्ना आफन्तहरुलाई मात्र जहाजको टिकट दिन्छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकरी भन्छन, सरकारले जाहज थप्नु पर्यो ।

जाहज छैन कसरी जुम्ला आउछ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोवर महिनाको १५ दिनमा समिट एयरले सात वटा उडान भरेको छ । जसमा चार वटा नियमित र तिन वठा चार्टर्ड उडान गरेको छ । तारा एयरले चारवटा उडान भरेको छ भने जसमा एक चार्टर्ड उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ ।
नेपाली र सुर्खेत देखी यात्रु भएपनि एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै ज जुम्लामा संञ्चालन हुने हवाइजाहज चार्टर्ड उडानको टिकट बिक्री गरिरेहका हुन्छन ।

जुम्लाका नागरिक पटक पटक नियमित हुदा वा नहुदम उडानमा दोब्बर भन्दा बढी भाडा तिर्दै आएका छन । यसका लागी पर्यटन मन्त्रालयले आवश्यक अनुगमन गरेर सम्बन्धित वायुसेवालाई जानकारी गराएको खेदिदैन । जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौसय छ । तर चार्टर्ड उडानका लागी १४ हजार तिर्ने गरेका छन । त्यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैया लिदै आएको छ ।

फोनको सहायताले टिकट बाँड्ने प्रथा अन्ये कहिले हुन्छ

एयरपोर्ट भित्रैबाट फोनको सहायताले टिकट बाँड्ने चिने जानेका ठुला वडा आफ्ना आफन्तहरुलाई मात्र एयरपोर्टभित्र बोलाउने र टिकटको लिस्ट तयार पार्न ेजस्ता विकृतिहरु लामो समय देखि चलिएको छ । त्यसलाई निरणतरता दिनका लागी नागरिक उड्डयन प्राधिकरण जुम्लामा आएका प्रमुख हरुको पनि मिलेमतो चल्छ । केही सर्व साधरणले टिकट नयर आक्रोस ब्यक्त गर्न खोज्न बितिकै नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकरी यहा ढुङगा मुढा हुदैछ , भनेर माथी रिपोर्ट गर्दछन ।

जुन ठाउमा जन्ता हुन कालोबजारी गरी टिकट बाँडदा पनि चुपलागेर बसेका छन । ती जुम्ली जन्ता हवाइजाहजमा ढुङगा मुढा गर्दैन ।तर त्यो गलत रिर्पोट गरेर झनकालोबजारी मौलाउने तर्फमा टावरको प्रमुखको जोड भएको देखिन्छ । उनको त्यो रिपोर्टले अरुठाउमा फलाइट नभएपनि जुम्ला आउने जाहज समेत रोकिदिन्छन । प्रजिअको अनुरोधमा सुरक्षा निकायको बाक्लो घेरामा प्लेन बस्छ ।यात्रुलाई अत्याइन्छ । तिम्रोहरुको करणले जाहज आएन भनेर । उनीहरु फेरी हामी जती पनि पैसा तिर्छौ बाहिर हल्ला गर्दैनौ भनेर सहमती गर्न बाध्यछन ।
टिकटमा भागबन्डा चल्छ

टिकट नागरिकले नपाएको बिषयमा बिवाद चलेपछि जुम्ला बिमानस्थलमा नयाँ टिकट प्रणाली लागु गरिने भनिएको छ । नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाईन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट वाहिर बाड्ने सहमति गरिएको छ । त्योकार्यान्वयन हुन्छ या हुदैन हेर्न बाँकी छ ।पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाईन लगाएर ११ टिकटको दरले सात वटा उडानको रकम समेत उठाईएको छ ।

त्यस्तै नागरिक समाजका जुम्ला अध्यक्ष राजबहादुर महत भन्छन टिकट नागरिकले वाहिर नपाउने चर्को आलोचना पछि सहमति गरेर अव देखी ११ टिकट नागरिकलाई लाईन लगाएर बाँडने सहमती भएको छ ।अन्य २ वटा विरामी, २ वटा सरकारी सिट तथा विदेशी पर्यटकलाई प्रथामिकता दिनेगरी एयरलाईन्स एजेन्टहरु पनि सहमत भएको हो ।७७ जना लाईनमा लागेका नागरिकलाई पहिलो चरणमा ११ जनाका दरले टिकट सुनिश्चित गर्न रकम उठाई सम्वन्धित निकायलाई बुझाईएको छ । विमानस्थलमा लाईन लागेका नागरिकको लिष्ट अनुसार प्रथामिकताको आधारमा ७ वटा फ्लाईटका लागि नागरिकको नामलिष्ट गरिएको हो ।

अन्य २ जनाा विरामी, दुई सरकारी सिट अन्य ईमरजन्सी एयरलाईन्सले आफै कार्यान्वयन गर्ने भएको छ । विमानस्थलमा अघिल्लो चरणमा परिक्षा दिने विद्यार्थी, लोकसेवा, विदेश जाने नगारिकलाई पठाई सकिएपछि वाँकी विद्यार्थी, कर्मचारी र अन्य नागरिकका लागि वाहिरै लाईन लगाएर टिकट दिने भनिएको छ ।

यसमा पत्रकार महासंघको प्रत्यक्ष निगरानीमा चन्दननाथ नगरपालिकाका नगरप्रमाुख राजुसिंह कठायत, नागरिक समाज अध्यक्ष राजबहादुर महत सहित अगुवाहरुको उपस्थितिमा लाईनलाई प्रथामिकता दिने सहमती गरिएको छ ।
राज्यको सौतेनी व्यवाहारमा कर्णाली

कर्णालीलाई परापूर्व कालदेखि राज्यले र नेताहरुले त हेपा र सौतेनी व्यवाहार गरेको जुम्लाबासीको गुनासो छ । उनीहरुले मिडियाले समेत कसैले खाएको, हिँडेको, नाचेको, बोलेको, भाषण, भ्रमणमा गएको हेडलाइन बनाएर समाचार प्रसारण गर्ने सञ्चार माध्यम र पत्रकारहरु कर्णालीलाई समस्या पर्दा, बाढी पहिरोले तहस नहस गरी भयावह स्थित आउँदा पनि चुपचाप लागि बसिरहेको आरोप समेत लागएका छन ।

त्यस्तै जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य भन्छन,त्यस्तो विषम परिस्थितिमा कर्णालीतिर केन्द्रीय र प्रदेश सरकारको साथै विभिन्न मन्त्री र नेताहरुको जतिसक्दो चाँडो ध्यान जानुपर्ने हो । जुम्लाको बिपद ब्यवस्थापन समितिले तिनपालिकालाई संकट ग्रस्त क्षेत्र घोषणका लागी सिपारिस गरेको छ । तर बाढी पहिरोले क्षति पुराएका जनताहरुलाई राहतको बेवास्ता जतिसक्दो चाँडो गर्नु पर्ने हो । कर्णाली राजमार्ग खुलाउने काम सरकारले जतिसक्दो चाँडो गर्नु पर्ने यसमा खासै ध्यान गरेको पाइदैन ।

समन्वय प्रमुख आचार्यले नेपाल एयरलाइन्स एवम् निजी वायुसेवा कम्पनीका जहाजहरूले पनि कर्णाली एवम् जुम्लामा दैनिक उडान थप्नु पर्ने जस्ता नागरिकको जनजिवन संग जोडीएको बिषमा हो । तर यसका राज्यको चासो नजादा नागरिकलाईथप सास्ती भएको छ । उनले भने,”कर्णालीमा यस्तो आपत् विपत पर्दा सेवा सुविधा दिनबाट जो कोही पनि पछि नहटेर अधि सरेर कर्णालीलाई मलमपट्टी लगाइ सहयोग गर्नु पर्ने बेला सरकार वेखवर भएको हो ।

एजेन्ट हटायर अनलाइन टिकट प्रर्णाली गर्न माग

जुम्लामा समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ काण्टरबाट नभइ एजेन्टका गोजी र फोन मार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्। एजेन्टलागइ हटायर अनलाइ बुकिङ प्रर्णाली लागु गर्न जुम्ला बासीले माग गरेका छन । एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले मंहगो रकम तिर्नु परिरहेको छ। यो समस्या भए पनि समाधान गर्न तर्फ कुनै पनि निकाय अग्रसर भएको छैन।

सम्बन्धित समाचार