जुम्लामा म्यादी प्रहरी माग भन्दा दोबर आवेदन (फोटोफिचर)

जुम्ला : सरकारले घोषणा गरेको मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरी भर्ना छनौटमा आवस्यकता भन्दा बढी आवेदन परेको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागिम्यादी प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धीमा पदण्ड २०७९ अनुसार असोज ६ गते देखि ९ गते सम्म जिल्ला प्रहरी कार्यालय जुम्लाले म्यादी प्रहरीको लागी आवेदन फारम खुल्ला गरायएको थियो ।

त्यस्तै जुम्लाको लागी ८ सय ४३ जना माग भएको थियो । तर यहा एक हजार ६ सय ७३ जनाको आवेदन दिएका थियो । जसमा ४ सय ५८ महिलाले म्यादी प्रहरीको लागी अवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी धर्मराज जोसीले जानकारी दिए । उनले भने,’माग बन्दा दोबर आवेदन आउनुले बढ्दो वेरोजगारीको संकेत देखाउछ । स्थानीय स्तरमा रोजगारको कुनै मध्यम छैन । यस कारण म्यादी प्रहरीमा युवाहरुको आर्कषण बढेको छ ।

म्यादी प्रहरी छानौट भइरेहेको छ । यहि ११ गते छाँनोटको अन्तिम दिन हो ।प्रहरी निरीक्षक जोसी भन्छन,”सरकारले निर्वाचनको समयमा हरेक पटक म्यादी प्रहरीका लागि आवेदन खोल्ने गरेको छ । निर्वाचनमा नियमित सुरक्षाकर्मीले मात्र नपुग्ने हुँदा निश्चित समयका लागि म्यादी प्रहरीले लिने गरिन्छ।उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएको दिन देखि ४० दिनसम्मको हुने छ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ।

बेरोजगारीको एक दृष्य
जुम्लामा म्यादी प्रहरी हुनका लागि परेको आवेदनले व्याप्त बेरोजगारी समस्याको उजागर गरेको छ । यस अघि सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा पनि जुम्लामा म्यादी प्रहरीमा आवेदन दिनेको भिड थियो । त्यो पटक जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सात सय ६८ म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको थियो । त्यहा आवेदन दिने म्यादी प्रहरीको संख्या दुई हजार २ सय रहेको थियो ।

त्यस्तै जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले भनिन,म्यादी प्रहरीका लागि छनौट प्रक्रिया मंगलबार सकिएको छ । । उनले भनिन,‘ बुधबार ८ बजे लिखित परिक्षा हुदैछ । यहि १४ गते सम्म मौखिक परिक्षाको प्रक्रिया सकिन्छ । प्रमुख जिल्ला अधिकारी रिजालले भनिन,”यहि २५ गते फाइनल नतिजा आउने छ ।

उनका अनुसार जुम्लामा माग गरिएको भन्दा दोबरतेबर आवेदन पर्नुको मुख्य कारण स्थानीयस्तरमा रोजगारको ब्यवस्था नहुनु नै हो । युवाहरु सबै बेरोजगार बसेको देखिन्छ । कोरोना महामारी लगायतका विविध कारणले रोजगारीको अवसर नभएपछि म्यादी प्रहरीमा दरखास्त दिनेहरू धेरै रहेको देखिएको छ।

त्यस्तै पातारासी गाउँपालिका तल्फि गाउकी जुनमाया सार्की भन्छिन ,‘घरखर्च चलाउनका लागि म्यादी प्रहरीमा दरखास्त दिईएको हो। स्थानीय सरकारले गाउमै रोजगारीको सिर्जन गरे, ४० दिनका लागी हामी म्यादी हुज जरुरी थिएन उनले भनिन,”

त्यस्तै, म्यादी प्रहरीमा दरखास्त दिएकी तिलागाउँपालिका नौँ की रमिता रावतले पनि उस्तै दुःखेसो सुनाइन्। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनी म्यादी प्रहरी हुनका लागि आवेदन दिएको बताउँछिन । म्यादी बन्न सकेमा घर खर्च चलाउने केही खर्च आउने थियो,’ उनले भनिन्, ’रोजगारीको कुनै विकल्प नभेटेपछि थोरै समयका लागि भए पनि म्यादी बन्न आएकी हुँ ।

सम्बन्धित समाचार