गिडी तालको प्रचारप्रसार गर्न सरकारी टोली पहिलो पटक अवलोकनमा


जुम्ला ः गुमनामा रहेको गिडी (दह) तालको प्रचार प्रसार गर्नका लागी स्थानीय सरकारको टोली अवलोकनमा पुगेको छ । पर्यटकीय सम्भावना बोकेको गिडी (दह) तालको प्रचार प्रसार गर्नका लागी तातोपानी गाउँपालिका–४ वडासरकार नेतृत्वको टोली त्यहा पुगेको हो । इतिहासिक महत्व बोकेको गिडी दह प्रचारप्रसारको अभावले अहिले सम्म ओझेलमा रहेको थियो ।यस पटक ४ वडाध्यक्ष अमर बहादुर रोकायाको पहलमा दहको संरक्षणका लागि सरकारी स्तरबाट प्रयास भएको हो । त्यहा हालसम्म पर्यटक आकर्षणका लागि कुनै पूर्वाधार पनि निर्माण भएका छैन । त्यहा पुग्ने सहज गोरेटोबाटो समेत छैन ।

गिडितालको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन सकिने वडाध्यक्ष अम्मर बहादुर रोकायाको भनाईछ । उनले भने ,घना जंगलको बिचमा रहेको यो ताल ओझेलमा परेकाले संरक्षणको लागी वडा सरकारले पहल गरेको हो । उनका अनुसार तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई सहितको ७५ सदस्यीय टोली गिडी ताल अवलोकन भ्रमणमा पुगेको छ ।
कर्णालीमा पाइने प्राकृतिक तालहरु मध्येको तातोपानी गाउँपालिका ४ जुम्लामा अवस्थित गिडी ताल एक महत्वपूर्ण ताल हो । समुद्री सतह देखि ३ हजार ४ सय ८२ मिटर उचाईमा रहेको गिडी दह सम्म पुग्ने सडक तथा पदमार्ग नभएकोले अहिलेसम्म यसको अपेक्षाकृत प्रचार प्रसार हुन सकेको हो । पहाडहरुको खोँचमा रहेको उक्त ताल वरिपरि जंगलै जंगल छ । हिमाली भेकमा पाइने कोण धारी जंगलले ताल ढाकिएको छ । निकै निलो र रक्स्यानो रंगको देखिने उक्त तालमा पुग्न अहिले सम्म कसैले आँट नगरेका हुन । त्यहाँ गए (भूत) लाग्छ भन्ने अन्धविश्वासका कारणले त्यो ताल ओझेलमा परेको बुझीएको छ ।

गिडी ताल पुग्न चार दिनको यात्रा

सिंगो गाउँपालिका ,पत्रकार र पर्यटन बिज्ञहरुको टोली त्यहाँ पुगेर फर्कन चार दिनको समय लागेको छ । त्यही चार दिनको यात्रा तय गरेर तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई र उपाध्यक्ष रेवती रावल नेतृत्वको ७५ सदस्य टोली गिडी ताल हिडेको हो ।
त्यस्तै तालको प्रचार प्रसारको जिम्मा लिएर नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही नेतृत्वको एक दर्जन पत्रकार सहभागी भएका थिए । विशेषगरी ताल भ्रमणको अख्तियार र समन्वय गर्ने वडानं.४ हाँकुका वडाध्यक्ष अमरबहादुर रोकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापा, विषयत शाखाका प्रमुख, सुरक्षा, ट्रेकिङ र प्राविधिक जनशक्ति सम्मिलित टोली पहिलो पटक तालको पहिचान र सार्वजनिकी करणका लागि अवलोकन भ्रमणमा गएको तातोपानी अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।

तालको वरिपरि २ दर्जन प्रजातिका वन्यन्तु
गिडी दह जंगलभित्र झन्डै २ दर्जन प्रजातिका वन्यन्तु र विभिन्न लोपोन्मुख पन्छीहरू पनि पाइने तातोपानी चारका वडाध्यक्ष रोकायाले बताए । जंगलभित्रको चराको चिर्बिर र वन्यजन्तुको आवाजले पर्यटकलाई रोमाञ्चक अनुभूति प्रदान गर्ने उनको भनाइ छ । तर अहिले सम्म गिडी दहको क्षेत्रफल र गहिराइ ननापिनु विडम्बना भएको उनको भनाइ छ । वडाध्यक्ष अमर रोकायाले गिडी दहले धेरैलाई उज्यालो र गाउँमा हरियाली दिए पनि केही गर्न नसकिएकोमा पछुतो व्यक्त गरे ।
उनले गिडी दहको प्रचारप्रसारका लागि यो पहिलो गिडी ताल सम्मेलनको आयोजना गरिएको बताए । उनका अनुसार असोज ४ देखि ७ गते सम्म गिडी दहमा सम्मेलन सम्पन्न गरिएको छ  ।
यस्तो छ १४ बुद्दे घोष्णपत्र

\‘सम्मेलनले कार्यपत्र प्रस्तुत र १४ बुद्दे घोष्णपत्र जारी गरिएको छ । योसँग जोडिएका विभिन्न विषयहरूलाई बृहत् छलफलमा ल्याउने वडाध्यक्ष रोकायाको दाबी छ । उनले भने,‘जसले सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार निर्माणका लागि पनि ध्यानाकर्षण गराउने अपेक्षा छ ।’
गिडी ताल सम्मेलन २०७९ असोज ४ देखी ६ द्धारा जारी घोषणा पत्र, भनिएको छ , प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णाली प्रदेशको जुम्ला जिल्ला तातोपानी गाउपालिका वार्ड ४ गिडीखोला गाँऊको सिरानमा अवस्थीत गिडी ताल र सो को वरीपोरी रहेका पानसय पाटन तथा पाटनहरुमा अवस्थीत रमणिय दह, धार्मिक स्थल, जडीवुटी, वनस्पती, जनावर तथा पंक्षीको अवस्थाका वारेमा प्रचार प्रसार गरी रमणिय र सुन्दर प्रकृतिको छटा मानिने यस गिडी ताल क्षेत्रको महत्वलाई राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा थप उजागर गरेर यस क्षेत्रमा पर्यटकिय विकास गरिने छ ।

यस सम्मेलनले ताल क्षेत्रको दिगो पर्यटन विकासका लागि तपसिल अनुसारको गिडी ताल घोषणा पत्र जारी गरिएको छ। , गिडी दह (ताल) को पर्यटन विकासका लागि बिस्तृत रुपमा डिपीआर बनाई पर्यटन क्षेत्र विकासका कार्यहरु,अगाडी बढाउने, गिडी ताल तथा सेरोफरोमा रहेका अन्य दह, धार्मिक क्षेत्र, जडीबुटी, वनस्पती, पाटन, जनावर तथा पंक्षीका ,वारेमा व्यापक प्रचार प्रसार गर्ने ।

गिडी ताल पर्यटन क्षेत्र विकासका लागि संघ, प्रदेश, गैर सरकारी तथा निजी क्षेत्रसंग समन्वय र सहकार्य गर्ने। गिडी ताल पर्यटन क्षेत्र अन्तरगत पर्ने फलचाउल्या, लामाचौर, ढाग्रे, भ्याउन्या खर्क, गैरी गुम, ऐरीजाल,भदाल्या, गाडखर्क, खानी, माझपाटन, बजेडी, लसुनवारी, ठाकुर ज्यू, विष्टज्यू, नाना हांक, ठुला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौड लगाएतका पाटन क्षेत्रको विकास तथा प्रवर्दन गर्ने ।
गिडी ताल पर्यटन क्षेत्र अन्तरगत पर्ने धार्मिक क्षेत्रहरु भुरीचुला, ठाकुर ज्यू, बिष्ट ज्यू, गणेश थान , देउता ,निस्केका गैरा, नाचल ढुंगी, महादेव मष्टो देवता लगायतका धार्मिक क्षेत्रको प्रवर्दन तथा विकास गर्ने , यस क्षेत्रका वन वनस्पती लाई उचित संरक्षण गर्दै जडीवुटी संरक्षणका लागि बैज्ञानिक जडीबुटी प्रवर्दन र ,जडीबुटी खेतीको सुरुवात गर्ने ।गिडी ताल पर्यटन क्षेत्र अन्तरगत पर्ने जोगिनी दह, बिष्ट ज्यू दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह लगायतलाई संरक्षण र प्रवर्दन गर्ने ।

यस क्षेत्रमा रहेका कस्तुरी, रेडपाण्डा, घोरल, थार, झारल, व्यासो, बाघ भालु लगायतका मृग, र डांफे,कालिज, फग्रास, चिल, गिद्व, च्याखुरा लगायतका पंक्षीहरुको संरक्षण गर्नुका साथै व्यवसायिक कुस्तुरी) पालनको समेत सुरुवात गर्न पहल गर्ने ।
यस क्षेत्रका पाटनमा वर्षाको समयमा हुने भेडाबाखा, घोडा घोडी, गाई भैसी लगायतका पशुपालन लाईव्यवस्थीत गरी पशुबस्तुका धतौराहरुलाई होम स्टेको रुपमा प्रवर्दन गर्न पहल गर्ने ।

यस क्षेत्रमा रहेको पौराणीक ऋषिमुनीको वासस्थानको रुपमा रहेको भण्डार वनलाई धार्मिक वन आरक्षण क्षेत्रको घोषणा गरी वन्यजन्तु आरक्षणको रुपमा विकास गर्न पहल गर्ने ।गिडी तालवाट बग्ने गिडी खोला नदीका विभिन्न बिन्दुमा गिडीखोला ए, गिडीखोला बी तथा गिडीखोला सी विन्दु बनाई जलविधुत उत्पादन गर्ने प्रकृया अगाडी बढाउन पहल गर्ने र यस अघी गरिएका मुहान दर्तालाई खारेज गर्न सम्बन्धीत निकायलाई अनुरोध गर्ने ।

यस क्षेत्रको फुलचाउल्यामा सुविधा सम्पन्न व्यवस्थीत स्टे सेन्टर विकास गर्ने र सो को वरीपोरी जडीबुटी खेती गर्नुका साथै यस क्षेत्रलाई वन, बनस्पती तथा जडीबुटी अनुसन्धान केन्द्रको रुपमा विकास गर्न पहल गर्ने ।गिडी ताल पर्यटन क्षेत्रको विकास, प्रवर्दन तथा प्रचार प्रसारमा सहयोग तथा समन्वयका लागि संघिय , सरकार, प्रदेश सरकार तथा सम्बद्व सरकारी तथा गैर सरकारी निकायहरुलाई अनुरोध गर्ने । पर्यटकहरुको यातायत सुविधाको लागि गिडिखोला गाँउ देखी फुलचौल्या हुदै लामाचौर सम्म गाडी सडक र लामाचौर देखी गिडिताल सम्मको लागि साईकल ट्रेल निर्माणको लागि स्रोतको व्यवस्थापन गर्ने लगायको घोषणा पत्र जारी गरिएको छ ।
पैदल यात्रा

त्यस्तै सदरमुकाम खलंगादेखि तातापानी–४ हाँकुसम्म गाडीबाट यात्रा गर्ने सुविधा छ । हाँकुदेखि फुलचाउले पाटन हुँदै पान सय पाटन भएर झन्डै एक दिनको पैदल यात्रामा गिडी दह पुगिन्छ । दह पालिकाको आर्थिक समृद्धिको आधार पनि बन्ने उनले बताए ।
‘गिडी दह कर्णाली प्रदेशको प्रख्यात ताल नै हो, तर प्रचारप्रसारको अभावले लुकेको अवस्थामा छ,’ वडाध्यक्ष रोकायाले भने, ‘सम्मेलनले दहको पर्यटन प्रवर्द्धनका लागि ठोस कार्ययोजना बनाउन सहयोग पुग्नेछ ।’गिडी दहको संरक्षणका लागि राष्ट्रिय ताल संरक्षण समितिसँग समन्वय गरी पूर्वाधार निर्माणका लागि प्रस्तावना पेस भइसकेको उनले बताए ।

गिडी दहसम्म जाने बाटोको अवस्था अध्ययन गर्ने र होर्डिङ बोर्ड वडा कार्यालयले सुरु गरिसकेको उनले राखेको छ । हाँकुबाट हिडेर गिडी खोला, भाडु, रातामाटा हुँदै बेलुका फुल्चाँउले पाटनमा मौलाहाल्न, तामाचौर, ऐरीजाल गैरीगुम हुँदै गिडी तालको अबलोकन सकिएको छ ।
त्यस्तै तालको लम्बाई, गहिराई, चौडाई र उचाई (अवस्थिति) नापजाप गर्नका लागी पालिकाले पहल गर्ने भएको छ । गाउँ सरकारले त्यहाँ भएका प्राकृतिक स्रोतहरुको पहिचान, संरक्षण, सम्वद्र्धन गरी पर्यटन विकासमा जोड दिने मूल उद्देश्य राखेर पहिलो पटक अवलोकन भ्रमणको कार्यक्रम गरिएको हो । ‘गिडी दहकै पानीले आसपासका बस्ती हराभरा छन्, गिडी खोलाको पानीबाट निकालिएको बत्तीले गाउँहरू झिलीमिली भएका छन्,’ उनले भने, ‘तर त्यही खोलाको मुहानको रूपमा रहेको गिडी ताल संरक्षणमा कसैको चासो गएको थिएन  ।’ अब यस पटक वाडा सरकारले सूरु गरेको छ ।
तालसम्म जाने बाटो छैन

सबैको पहुँच नभएर होला अहिलेसम्म उक्त तालसम्म जाने बाटो छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा एकाद मानिस बाहेक अरु त्यहाँ पुगेको छैन । सामान्यताः गिडी दह भनिएपनि यो दह नभएर तालको रुपमा राष्ट्रियस्तरमा त्यसको प्रचार प्रसार हुन जरुरी छ । ताल दक्षिण पूर्वी क्षेत्रमा शंख दह, पाले दह, जोगिनी दहलगायत अन्य तालहरु पनि छन् । तालसम्म पुग्ने गोरेटो बाटो समेत छैन । यस पटक खास बाटो नभएपनि यतिबेला भ्रमणमा हिडेको अध्यक्ष चौलागाईंको टोलीले आफै बाटो पहिल्याएर त्यहाँ पुगेको हो ।
त्यस्तै गिडी दहका नामले चिनिए पनि त्यसलाई गिरि ताल भन्नुपर्ने उपाध्यक्ष रेवती रावलले बताइन ।उनले “गिरि भनेको पहाड हो । दह भनेको गिरिबाट खसेर जम्मा भएको पानीको संग्रह हो,” उनले भनिन, “गिरिलाई अपभ्रंस गरेर गिडि भनियो यद्यपि हुने गिरि नै हो र दहलाई ताल भन्दा अब गिरि ताल नै हुन्छ ।”

त्यस्तै तालको रोचकतालाई बयान गर्दै आएका अभियान्ता दुर्गा प्रसाद पाण्डेले भने, “किंवदन्ती अनुसार धेरै पहिले गाउँका मान्छेहरु शिकार खेल्न त्यहाँ गुग्ने गरेको बताए । उनले दहको किनार (छेउ)मा रुखका पातपतिङ्गर भएकोले उनीहरु त्यही बास बस्थे । भोजपत्रलगायतका ठूला काठहरु जम्मा गरेर भात पकायर खान्थे । आफू बसेको मुनितिर दह र बरफ जमेको छ भन्ने कुराको हेक्का उनीहरुलाई भएन । आगोले उक्त भाग तात्दै जाँदा आगो वरिपर सबेका सबै शिकारी त्यही डुबेर मरेको बताए ।” त्यसपछि त्यहाँ मान्छे जान छोडेको उनले बताए । उनले आफू भने पाटनमा घोडी खोज्ने क्रममा २०४८÷०४९ साल तालमा पुगेको अभियान्ता पाण्डेले बताए ।

त्यस्तै दह, पवित्र धार्मिक स्थल, जीवन बुटीका रुपमा रहेका जडीवुटी, वनस्पती, जंगली जनावर तथा पंक्षीको अवस्थाका वारेमा प्रचार प्रसार गरी गिडी ताल क्षेत्रको महत्वलाई राष्टिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थप उजागर गरेर यस क्षेत्रमा पर्यटकिय विकास गर्नु आजको आश्यकता भएको त्यहा अबलोकनमा पुगेको टोलीको निस्कर्ष छ ।

गिडि तालको आसपासमा केके पाइन्छ

बजेडी, लसुनवारी, ठाकुर ज्यू, विष्टज्यू, नाना हांक, ठुला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौड लगाएतका दुई दर्जन पाटनहरुको बिचमा अवस्थीत छ । यसको वरीपोरी ठाकुर ज्यू दह, विष्ट ज्यू दह, नदै दह, शंख, पाले दह, राक्षस दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दह जस्ता दर्जनौ दहहरु समेत गहेका छन्।
यस गिडी ताल क्षेत्रका पाटनमा यार्चागुम्बा, जटामसी, पांचऔले, खिरौलो, पदमचाल, भुतकेश, सिलाजित जस्ता सयौ प्रकारका जडीबुटी पाईन्छन् भने कस्तुरी, रेडपाण्डा, घोरल, थार, बाघ, भालु, रतुवा जस्ता जनावर र डांफे, कालिज, फग्रास, ढुकुर जस्ता पंक्षीहरु समेत यसै क्षेत्रमा पाईन्छन्।

आज धेरैजसो पर्यटकमा प्राकृतिक सौन्दर्यताबाट आफूले मात्र क्षणिक आनन्द लिने मन देखिन्छ । भावी पुस्ताका लागि प्राकृतिक सौन्दर्यताको दीर्घकालीन व्यवस्थापन गर्ने चिन्ता र चासो सरोकारमा विकास गर्नु पर्ने देखिन्छ । गिडी ताल क्षेत्रमा रहेका दर्जनौ पाटन तथा पाटनहरुमा अवस्थीत रमणिय दह, पवित्र धार्मिक स्थल, जीवन बुटीका रुपमा रहेका जडीवुटी, वनस्पती, जनावर तथा पंक्षी आदिका वारेमा चार्चा गर्ने जमर्को यस पटक तातोपानी गाउपालिकाको सरकारले गरिएको छ ।

सम्बन्धित समाचार