सिजामा फोहोर जन्य रोगबाट बच्न सरसफाई

जुम्ला ः जुम्लाका ग्रामीण भेगमा पनि बजार क्षेत्र बढ्दै गएको छ । जहाँ बजार क्षेत्र बढ्छ त्यहाँ फोहोर जन्यबस्तु बढ्दै जाने गरेको छ । विशेष गरी संघीयतापछि ग्रामीण क्षेत्रमा पनि बजार क्षेत्र बढ्दै गएको छ । अहिले विशेष गरी स्थानीय तहका सदुरमकाम तथा केन्द्रमा जनघनत्व बढ्नुका साथै बजार क्षेत्र बृद्धि हुदै गएको हो ।

जुम्ला ८ स्थानीय तहमा विभाजित छ । यहाँको चन्दननाथ नगरपालिका अर्थात सदरमुकाम खलंगा मुख्य बजार क्षेत्र पर्दछ भने अन्य ७ स्थानीय तहका केन्द्र तथा मुकाम छन् । सिंजाको नराकोट बजार, कनकासुन्दरीको गोठीज्यूला, हिमाको जुगाड, तिलाको डुण्डेली राराबजार, तातोपानीको लिताकोट, पातारासीको डिल्लीचौर लासी बजार र गुठीचौरको धौवलमुडी झारज्वाल बजार हुन् । यि क्षेत्रमा पहिला भन्दा अहिले निकै जनघनत्व र बजारीकरण बढ्दै गएको छ ।

ग्रामीण भेगका बस्तीहरु पालिकाका मुकाममा बसाईसराई गर्ने क्रम तिव्रगतिमा चलेको छ ।यस्तै सिंजा गाउँपालिका मुकाम नराकोटमा बजार क्षेत्र र जनघनत्व बढ्दै गएपछि फोहोर जन्यबस्तु बढ्दै गएको छ । जहाँ दैनिक सरसफाई गर्नु परेको सिंजा नराकोट बजार व्यवस्थापन समितिले संयोजक बिजयराम रानाले बताए । उनले भने बजार क्षेत्रका सवै व्यापारी, नागरिक र सरोकारवाला निकायको समन्वयमा सरसफाई गर्ने गरेका छौँ ।

सिसा जन्यबस्तु व्यवस्थापन गर्न निकै गाह्रो भएको उनले बताए । उनले अरु कुहिने फोहोर र जलाउन मिल्ने फोहोर व्यवस्थापन गर्न सहज छ । बजार बढ्दै गएको छ । फोहोर जन्यवस्तु पनि बढ्दै गएकोले डम्पिङ साइडको व्यवस्थापनका लागि पहल भईरहेको छ ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललितजंग रोकायाका अनुसार संविधान दिवसको अवसरमा पनि सरसफाई कार्यक्रम संचालन गरिएको हो । उनले भने गाउँपालिका कार्यालय परिसर, नराकोट बजार क्षेत्र, हाटबजार स्थल र नराकोट खोलामा पनि सरसफाई गरिएको हो ।
सरसफाई क्षेत्रमा प्रवासीको सहयोग
सरसफाई क्षेत्रमा लगानी गर्नका लागि सिंजा नराकोट बजार व्यवस्थापन समितिलाई एक जना प्रवासीले सहयोग गरेका छन् । दोलखा जिल्ला निवासी अस्टेलियामा बस्दै आएका इञ्जिनियर दिपक खड्काले ५० हजार रकम सहयोग गरेका हुन् ।नागरिकलाई स्वच्छ र सरसफाई टेवा पुगोस भन्ने उद्देश्यका साथ प्रवासी दिपक खड्काले सहयोग गर्नु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने उहाँले सरसफाई क्षेत्रमा लगानी गर्न मासिक ५० हजार लगानी गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
गाउँपालिका अध्यक्ष धितालका अनुसार यो क्षेत्रलाई स्वच्छ र सफा राख्नका लागि दैनिक सरसफाई गर्ने गरिएको छ । उनले भने आज असोज ३ गते संविधान दिवस पनि हो ।

संविधान दिवसको अवसरमा सरसफाई गरिएको छ ।नराकोट बजार क्षेत्रलाई (टाउन प्लानिङ) सहर व्यवस्थापन योजना बनाएका छौँ । यसका लागि १० लाख बजेट व्यवस्थापन गरेका छौँ । चालु आर्थिक वर्षमै सहर व्यवस्थापन योजनालाई पुर्णता दिने तयारी गरेका छौँ ।

सम्बन्धित समाचार