पत्रकारको काम समाचार लेख्ने हो, जुन मैले पनि लेखे

जुम्ला : स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सबैले सचेत हुनु पर्छ । अझ आफ्नो व्यक्तिगत जिवनलाई भन्दा विमारीको उपचारमा दिनरात खट्ने डाक्टर र स्वास्थ्यकर्मिहरु महान हुन् । जसको उदाहरण कोराना महामारीलाई लिन सकिन्छ । स्वास्थ्य उपकरणको अभावमा पनि स्वास्थ्यकर्मिहरुले जिवनको प्रभाह नगरी दिनरात कोभिडका विमारीको उपचार गर्नु भयो । जसको बारेमा दुई चार शब्द लेखेर पुग्दैन । डाक्टर र स्वास्थ्यकर्मिको कामको सम्मान गर्नु पर्छ । पेशा व्यवसाय सेवाका क्षेत्र हुन् ।

स्वास्थ्य क्षेत्र सबै भन्दामाथि पर्छ । जिवन भएन भने भौतिक विकासको कुनै अर्थ छैन । त्यहि भएर जिवन बचाउने डाक्टर र स्वास्थ्यकर्मिलाई आम सेवा जस्तो मान्न सकिदैन ।कहिले काँहि तीनै मानव जिवन बचाउनेहरुको सानो गल्तीले विमारीको ज्यान गएका कयौं घटनाहरु भएका छन् । घटना हुन नदिनु नै वुद्धिमता हो । कहिले काँहि सानो घटना पनि ठूलो हुन जान्छ । अझ स्वस्थ्य जस्तो संवेदनशिल विषयमा त झन होसियार हुनु पर्छ नै ।

भदौ २ गते विहान करिब ११ बजे तिर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.माथि हातपातको घटना घट्यो । घटना नघटनु पर्ने हो , त्यो पनि स्वास्थ्य प्रतिष्ठान जस्तो ठाउँमा । घटनाको विषय स्वास्थ्य प्रतिष्ठानमा मात्र सिमित रहेन । डा. माथि हातपात भएको घटना प्रशासनमा पुग्यो दोषिलाई पक्राउ गरयो । दोषिले सजाय पाउनु पर्छ । यदि स्वास्थ्यकर्मि अथवा डाक्टरले गल्ती नै गरेको भएपनि सम्बन्धित निकायमा उक्त कुरा भन्नु पर्छ । कसैबाट पनि हुने गल्तीलाई समयमा नै सच्याउनु पर्छ ।

२ गते घटेको स्वास्थ्य प्रतिष्ठानको घटना देशभरी नै फैलियो । पक्ष विपक्षमा मत विभाजन भए । कसैले हातपात गर्नेको दोष देखे त कसैले उपचारका लागि इमरजेन्सीमा पुगेका मानिसले समयमा उपचार नपाएको र रुखो व्यवहारले उक्त घटना घटेको विश्लोष गरे । प्रशासन आफ्नो अनुन्धानमा लाग्यो ।

डाक्टर र स्वास्थ्यकर्मिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरे । दोषिलाई प्रशासनले समातेर कारवाहि प्रक्रिया अगाडि बढाउदा पनि यता स्वास्थ्य प्रतिष्ठानमा चरणबद्ध आन्दोलन हुदा सबैको ध्यान त्यहि केन्द्रीत हुनु स्वभाविक हो । म पहिलो जुम्लाको नागरिक हो । दोस्रोमा पेशाले पत्रकार हो । नागरिकको हिसाबले हेर्दा के भएको रहेछ भनेर चासो गयो । सत्यतथ्य बुझ्ने प्रयास गरे । मैले सिसि टिभिको फुटेज मागेर नै समाचारको लागि अध्ययन गरे । मैले अध्ययन गरेको र विभिन्न व्यक्तिहरुसंगको कुराकानीको आधारमा स्वास्थ्य प्रतिष्ठानको समाचार लेखेकी हुँ ।
उक्त समाचारमा मैलै कहि कतै डाक्टरको गल्ती हो भनेको पनि छैन । पेशामा खटिएका डाक्टरको जिउधनको सुरक्षा हुनु पर्छ । तर उपचार गर्न आएका विरामीले पनि उपचार पाउनु पर्छ । डाक्टरले ओपिडि सेवा बन्द गर्दा विमारीलाई परेको मर्का होस कि पिडक भनिएका शाहिका छोराले पाउनु पर्ने उपचार पायो कि पाएन पाएन भने के कति कारणले पाएन ।
शाहिका बालकमात्र होइनन् विमारी पनि हुन् । उनले उपचार पाउनु पर्छ । जुम्लाका विमारीहरुले उपचार पाउनु पर्छ भनेर समाचार लेख्दा के गल्ती भयो । गल्लती गर्ने अथवा हातपात गर्ने शाहिलाई प्रहरी प्रशासनले पक्राउ गरेपछि डाक्टर र स्वास्थ्यकर्मिले सेवा दिनु पर्छ भन्दा के गल्ती भयो मेरो ?
हरेक घटना घट्नुमा एक जनामात्र दोषि नहुन सक्छ । एक जनामात्र दोषि भएपनि उसले सजाय पाउछ नै । तर मैले लेखेको समाचार डाक्टर र स्वाथ्यकर्मि गलत हुन भन्ने छैन । विमारीले उपचार पनि पाउनु पर्छ र घटनाका दोषिले सजाय ।पत्रकारको पेशा समाचार लेख्ने हो । समाचार लेख्छन् । एक पत्रकारले समाचार लेख्दा आफूले देखेको , सुनेको, स्रोत जुटाएर र स्रोतको भनाइलाई आधार मान्छन् । तर समाचार लेख्ने पेशामा भएका पत्रकारले अर्को पत्रकारको समाचार भन्दा फरक तरिकाले समाचार लेख्छन् , लेख्दै आएका छन् । तर जुम्लामा त पत्रकारले पत्रकारले स्रोत जुटाएर लेखेको समाचारका विरुद्ध समाचार लेख्न थालेका छन् । विडम्बना नै भन्छु । मैले लेखेको समाचार झुटा भए फरक तरिकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घटेको घटनाका बारेमा समार लेख्न सकिन्छ । लेख्नु पर्छ । तर मैले स्रोत माग्दा किन पत्रकार साथिको टाउको दुख्यो बुझ्न सकिन ।

यदि पत्रकार साथिको मसंग केहि व्यक्तिगत रिसिबी छ भने भन्दा हुन्छ होइन भने यति सम्म तल गिरेर एक पत्रकारले अर्को पत्रकारका विरुद्ध लेख्दा सोभनिय हुदैन । पत्रकारको इमानमा रहेर पत्रकारिता गरिरहेकी म एक पत्रकारले लेखेको समाचारमा यति ठूलो आपत्ति नै हो भने समाचार लेख्ने हो मेराबारेमा कथा रच्ने होइन । जुन कथा बुनिएको छ यसलाई समाचार भनिदैन यलो जर्नालिजम भनिन्छ ।
यहि कामलाई कार्यस्थलतमा हुने र्दुव्यवहार र हिंसा समेत भन्ने गरीन्छ । पत्रकारको काम कुनै घटना, विषय वस्तुसंग सम्बन्धित विषयको आधारमा समाचार लेखेर समाजलाई सूचित गर्नु हो जुन मैले गरेकी छु ।

घटना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयमा मैले वास्तविकतामा रहेर आफ्नो एङ्गलबाट लेखेको समाचारको विषय हो । प्रतिष्ठानमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डा.करण साहमाथि हातपात गरेको विषयले गएको साता जुम्ला तरंगित भयो । घटना कसरी शुरु भयो भन्ने विषयमा मैले समाचार लेखे । जुन वास्तविक थियो । वास्तविक तथ्य उजागर गर्दा धेरैलाई खुशी लाग्यो तर केहीलाई त्यसले नराम्रो लाग्नु पनि स्वभाविक हो ।

अझै पनि भन्छु म डाक्टरमात्र होइन , काममा भएका कुनै पनि व्यक्तिमाथि दुरव्यवहार हुनु हुदैन ।
तर प्रतिष्ठानभित्रको सेवा प्रवाहका विषयमा अथवा विमारीले पाउनु पर्ने सेवा पाएन भने त्यो विषयमा हामीले आवाज उठायनौ अथवा जनताका पिरमर्काका बारेमा सचार लेख्न सकेनौ भने कसका बारेमा समाचार लेख्छौ त ? सत्य के हो भनेर खोज्न सक्दैनौ भने के खोज्न सक्छौ ?
डाक्टर स्वास्थ्यकर्मिहरु समाजले मान्दै आएका भगवान होइनन् । उहाँहरु पनि मानिस नै हुन् । मानिसका कमि कमजोरी हुन्छन् । सच्याउनु पर्छ । हामी मानिस भएर पहिला सोचौ । मानिसले पाउने सेवा सुविधा पाएन भने र सेवा दिनेले समयमा सेवा दिएन भने त्यो केहि कामको हुदैन । लगन पछिको पोतेको के काम भन्छन् नि त्यहि हो ।

प्रतिष्ठानको सेवा प्रवाहका विषयमा केही दिन अघि प्रतिष्ठानले गरेको अन्तर्रक्रियामा नागरिक र पत्रकारहरुको सुझाव के थियो सम्झऔ त ? सुझावमा सेवामा ढिलाई, सेवाग्रहीप्रति डाक्टरहरुले गर्ने व्यवहार सहितका समस्याहरु समाधान गर्नुपर्छ भन्ने थियो ।
कर्णाली प्रतिष्ठानमा धेरै राम्रा अनुभवी डाक्टरहरु समेत छन् । जुम्लाको नेतृत्वको पहल, जनताको सहयोग र आजको उपलब्ध जनशक्तिले प्रतिष्ठान हाम्रो सबैभन्दा ठूलो सम्पति र गहनाको रुपमा स्थापित भएको छ । तर त्यहाँ भित्र विकृति पनि छन् । यो विषयमा हामी मौन बस्नु हुन्न भन्ने मेरो धारण हो । जसमा म अहिले पनि अडिग छुँ ।

आज जुम्लीले कुट्छन भन्ने सन्देश फैलाउनेले के बुझ्नुपर्छ भने चिकित्सकको आन्दोलनमा जुम्लाकै चिकित्सक र स्वास्थ्यकर्मी उत्रिएका थिए । यहाँ बाहिर र भित्रको कर्मचारी भनेर विभेद गरिनु हुदैन ।मैले सिसि टिभि फुटे सूचनाको हक अन्र्तगत रहेर समाचार लेख्न मागेकी हुँ । नकि मैले पत्रकार सम्मेलन गर्न । मलाई जुम्लाको गलत सन्देश प्रवाह गर्नु छैन । के त्यो बदनियत थिएन र प्रतिष्ठानको व्यवस्थापन प्रणालीको कमजोर देखिने लज्जाबोधक कार्यबारे हामी को अपरिचित छौं र ? विश्वविद्यालय स्तरको संस्थामा व्यवस्थापन विभाग छ । उसले घटनालाई आफैले अनुसन्धान गर्नु पथ्र्यो ।एकै कार्यलयका कर्मचारी र डाक्टरको विवाद आफै मिलाए बाहिरबाट कसले हस्तक्षेप गथ्र्यो र ? संस्थाभित्रको विवाद प्रशासनमा पुगेपछि त्यसबारे सत्यतथ्य के हो भन्ने चासो र चिन्ता सबैको हुनु स्वभाविक हो ।

मैले समाचार लेखेर घटना उत्तेजित बनाएको होइन् । घटना प्रशासनमा पुगेपछि के रहेछ भनेर खोजेको हो । जुन मेरो कर्तव्य हो । तर मेरा विरुद्ध कथा बुन्नु सरासर गलत हो । क्षमता भए समाचार लेख्ने हो । दोषि निर्दोषि छुट्याउने काम प्रशासनको हो । मेरो काम समाचार लेख्ने हो लेखेकी हुँ । यो मेरो पेशा हो ।

हिंजो प्रतिष्ठान र त्यो संस्थाको पहल समितिको संयोजकलाई कुनैपनि कार्यक्रम, पार्टीपौवा, चिया पसलमा आलोचना नगरी सन्तुष्टि नलिन नसक्ने ती व्यक्ति आज प्रतिष्ठानको गुणगान गाउने सत्य बाटोमा आइपुगेछन् । समय निकै बलबान रहेछ ।बच्चाले उपचार सेवा पाउनु पर्छ जुन उसको अधिकार पनि हो । मैले यहि विषयमाा केन्द्रीत भएर समाचार लेख्दा गल्ती कहाँनेर भयो ? कर्णाली स्वास्थ्य प्रतिष्ठानमा घटेको घटनाका बारेमा सत्यतथ्य बुझेर समाचार लेखेको हुँ ।

समाचार पहिला डाक्टर कुटिएको विषय प्रमुख बनेर आए । मैले घटनाको सत्यतथ्य सहित लेखे । उक्त समाचार छापियो । उक्त समाचार प्रति रिस हो कि म प्रति रिस हो बुझ्न सकिन ।तर जुम्लाकै पत्रकारले मेरा विरुद्धमा छद्धम भेषमा जुन कथा बुनेका छन् त्यो कथा बुनाइले नै उनको समाचार प्रति ,सत्यतथ्य प्रति होइन मसंग व्यक्तिगत इगो लिएका छन् भनेर घामझै छर्लङ छ ।

मैले लेखेको समाचार सत्यतथ्यमा आधारीत नभएको भए कर्णाली स्वास्थ्य प्रतिष्ठानले नै त्यसको खण्डन गथ्र्यो होला । तर प्रतिष्ठान होइन पत्रकारले मेरो समाचारको विषयमा रहेर होइन मेरो काम गर्ने शैलीका विषयमा कथा बुनेर मिडियामा छाप्न लगाए । जुन हास्यास्पद छ ।
समाज वर्गीय छ । समाज वर्गीय छ भन्नु भनेको मानिस पनि वर्गीय चेतका आधारमा फरक फरक विचार आस्था बोक्न स्वतन्त्र छ । मैले बोकेको विचार र आस्था मन परेन भनेर मैले सत्यतथ्यमा लेखेका समाचारको बारेमा कथा बुन्नु पक्कै पनि राम्रो होइन ।
मैले सत्यतथ्य खोज्दा साउथ इण्डियन शैलीमा प्रतिष्ठान भित्र पसेको भनेका छन् । उनले पनि मेरो समाचारको भन्दा बढी चिन्ता सत्यतथ्य खोज्ने शैलीका बारेमा चिन्ता र चासो देखाएर लेखेका छन् ।

अझ पनि भन्छु मैले सिसीटिभी फुटेजमा देखेको कुरा लेखे । समाचार लेखेको कुरालाई विवादमा ल्याउन दुश्साहस हो । सत्य कुरा लेख्न म डराउदीन । विचार बोेकेको र आस्थाका आधारमा मसंग निहँु खोजीयो भने पनि राम्रो होइन् । कसले के गर्छ , कुन कति पानीमा छ सबैलाई थाह छ । त्यहि भएर समाचार लेख्ने हो कथा बुन्ने होइन । समाचार लेखेर उत्कृष्ठ हुने हो । नकि झुठ्ठा कथा लेखेर ।
समाचारको कुरालाई घटनासंग जोड्ने हो न कि नातागोतासँग । होच्याउने, नेतासँग जोड्ने कुरा पनि राम्रो होइन ।

पत्रकारीता भित्र खोजी पत्रकारीता पनि पर्छ । सके पत्रकारले खोजी पत्रकारीता गरौ तर एकले अर्काको खेदो नखनौ । बाटो खने लक्ष्यमा पुगीन्छ खेदो खने खाल्डोमा पुगिन्छ ।पत्रकारले त समाजमा भएका दर्दनाक घटनाहरु, विकृति, विसंगति र कुकृत्यहरुका बारेमा खोज्ने हो लेख्ने हो । समाजलाई सुसज्जीत गर्ने हो । समाचार खोज्ने साहस जुटाउने हो नकि कुरा काट्न र झुटा कथा लेख्ने ।आफू बिग्रेको भन्दा अरु सप्रेकोमा चिन्ता गर्ने बानीबाट मुक्त हौँ । यो रोग निको रोग होइन । आफू सकिएको थाह हुदैन साथि । तपाई हामी नै मिल्न र सभ्य हुन सकेनौ भने समाजलाई कसरी एक जुट गराऔला, कसरी समाजलाई सचेत गराऔला हामीले ?
पत्रकारिता गर्ने नाउमा आफ्ना द्धेष , इष्र्या र कुण्ठा पोख्ने प्रवृति छोडौं । जुम्लीहरु कुट्न, आलोचना गर्न र अर्काको खुट्टा तान्न जानेका छन् भन्ने गलत सन्देश नदिऔं ।

दुई वर्ष अघि कोरोनाको महामारीमा तत्कालीन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुसं छलफल गर्न जुम्ला आए । कोरोना महामारीको समयमा रावल हेलिकोप्टरबाट स्वाव संकलन गर्न जुम्ला हुदै हुम्ला पुगेका थिए । संकटको बेला प्रतिष्ठानको विरोधमा समाचार लेख्ने साथिहरु अहिले त्यहि प्रतिष्ठानमा भएका गलत कुराका बारेमा लेख्न चाहदैनन् । उल्टै पत्रकारले लेखेको समाचारको खेदो खनेर प्रतिष्ठानको मै हुँ पदाधिकारी भन्ने गरी प्रस्तुत हुन थालेका छन् ।
एक कुराले खुशि छु हिजोका दिनमा कोरोना महामारीमा प्रतिष्ठानले गरेको कामको विरोध गर्नु धर्म सम्झनेले अहिले प्रतिष्ठानलाई राम्रो देख्ने सम्म त भए छन् ।

अझै पनि राम्रो कामको प्रसंसा र नराम्रोको आलोचना गर्ने हिक्मत जुटाऔ । नकि पत्रकारले पत्रकारको बारेमा कथा लेखौ ।
समय बलवान छ । सत्यको जित हुन्छ समय लाग्छ । दोषिले सजाय पाउनु पर्छ । तर उपचार पाउने अधिकारबाट कोहि पनि बन्चित हुनु हुदैन । पत्रकारको पेशा सत्यतथ्य सहितको समाचार लेख्ने हो । कोठाभित्र बसेर कुण्ठा पोख्ने होइन । पत्रकार समाजको ऐना हो । ऐना अरुलाई देखाउनु पर्ने ठाउँ अरुले नै पत्रकारलाई ऐना देखाउनु पर्ने अवस्था नल्याउ ।त्यसले संस्था वा व्यक्तिलाई हामीले सजग बनाउनु पर्छ । जसले नयाँ तरिकाले सोच्ने बाटो दिन्छ । समाज शिक्षित हुन्छ । शिक्षित र सचेत समाजले नै हो देश बन्ने ।
पत्रकारमाथि पत्रकारकै हमला
पत्रकारले समाचार लेखेको इष्र्या र रिस कोही पत्रकारले राख्छ भने त्यसको उदाहरण जुम्लामा देख्रिएको छ । यसलाई क्षेत्रगत भन्दा पनि व्यक्तिगत रुग्णताको पराकाष्ठा मान्न सकिन्छ । जसले आफ्नो नियतलाई लेखनशैलीबाटै छतो छुल्ल पारेको छ ।आफ्नो ज्यानलाई प्रवाह नगरी पत्रकारिता गरिरहेकी म एक पत्रकारले लेखेको समाचारमा समाचार बङग्याएर उनले गरेको कर्तुतलाई कार्यस्थलतमा हुने दुर्व्यहार र हिंसा समेत भन्न सकिन्छ । सम्बन्धित विषयको घटनाको वास्तविकताका विषयमा लेखर समाजलाई सूचित गर्नुभन्दा छोरी कुटेर बुहारी तर्साउने नियतबाट लेखिएको यस विषयमा मैले पनि आफ्नो धारणा पस्कने प्रयास गरेकी छु ।

अब प्रसंगतिर जाउ, जब प्रतिष्ठानकै कर्मचारी शाहीबाट डाक्टर कुटिन्छन्, कर्णाली प्रतिष्ठानको प्रशासन र प्राविधिक कर्मचारी त्यही दिनबाट बाहिर नभएपनि भित्रीरुपमा दुई भागमा विभाजित भयो । यसले ठूलो रुप लियो भने राम्रो हुदैन भन्ने चिन्ता सबैमा बढेको थियो । डा.प्रति नाटकीय दयाभाव देखाउने उनले बच्चाको स्वास्थ्य उपचार सेवा पाउने अधिकारका विषयमा फुट्टी लेखेका छैनन् ।

पहिलो समाचार नेपालका केही मिडियामा आएपनि विभिन्न अन्यौलकाबीच डा.साह र शाहीबीचको समाचारको दोस्रो भाग थाहा खबर अनलाईनमा मैले पस्केकै हो । यो समाचारलाई ती पत्रकारले साउथ इण्डियन फिल्मको जस्तो मोड लियो भनेर गिज्याएको प्रति म दुखित छु । यो कमेन्ट कोही नागरिकले गरेको भए हुन्थ्यो तर पत्रकार स्वंयले यसो गर्दा उनी म प्रति र त्यो मेरो चिरफार गरेको समाचार प्रति दिनरात तयारी गरेर विरोध गर्ने योजनामा लागेका रहेछन् भन्ने प्रष्ट बुझिन्छ ।

केही कुरा लागेमा प्रतिष्ठान आफैले खण्डन गर्ने वा प्रेस विज्ञप्ति सार्वजनिक गरी प्रष्ट पार्नुपर्नेमा ती पत्रकार आफै संस्थाको मुखपत्र बनेर सिसीटिभी फुटेज जस्तो वास्तविक प्रमाणका विषयमा कुनै कुरा नलेखी मेरो समाचारलाई, आस्था र नेतासँग जोडेर आफ्नो बिलौना पोख्छन् । मेरो समाचारको शुरुवातदेखि उनको मन पोलिरहेको देखिन्छ ।

उनले मैले समाचार लेखेकै शैलीमा साउथ इण्डियन फिल्म शैलीमा समाचारको प्रतिकार गर्न भ्याएछन् । वाईलाईन छैन, भनेका छन् । मलाई दुनियाँ ओकेल्नु केही छैन । सिसीटिभी फुटेजमा देखेको कुरा लेखे । खोजी समाचारमा नाम नहुनपनि सक्छ भन्ने हेक्का राख्नुपर्ने हो । जुम्ला डेटलाईनबाट थाहा खबरमा समाचार प्रकाशन भएपछि म हुँ भन्ने बुझेर पनि सकेसम्म मलाई विवादमा ल्याउन दुश्साहस गरिरहेको देखियो ।
मैले गरेको त्यस भित्रको यथार्थ पत्रकारितालाई ती पत्रकारले भिलेनको भूमिका खेल्न प्रयास गर्दै, घटना नातागोतासँग जोड्छन्, होच्याउछन्, नेतासँग जोड्छन् । गिज्याउछन् र जुम्ली पत्रकारलाई फेरी विभाजित गर्ने गलत नियत प्रकट गर्दछन् । मेरो समाचार डाक्टरको विरोधी चित्रण गर्छन । केही समय अघि हामी जुम्लाका पत्रकारहरुबीच भएको समझदारी तोड्ने हर्कत समेत उनले गरेको मैले महसुस गरेकी छु ।

बिचरा ! समाचारमा जोखिम मोल्न नचाहने, खोजी पत्रकारिता नगर्ने, समाचार र सामाजिक सञ्जालबाट पत्रकारलाई समेत विभाजित गर्न गलत हर्कत गर्ने ती पत्रकार बच्चाका शिक्षक हुन् र दुई ठाउँ पढाउँछन् । शिक्षक भएपनि उनले बच्चाको उपचार, सेवाग्रहीको अपेक्षा र गलत परिणाम उत्पन्न हुने कारणबारे खोज्ने कोशिस कत्तिपनि गरेका छैनन् । बेला बेलामा व्यहारिक जीवनका कुरा भन्दा दुनियाका कोटेशन घोकेर आफूलाई निकै जानेको र पढेको आडम्बर देखाउँछन् । उनको त्यो अध्ययन र आडम्बर मेरा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो ।
समाचारका आ–आफ्नै विषय हुन्छन्, एङ्गल हुन्छन, नयाँपन हुन्छन र मेरो आफ्नो एङ्गल हुन सक्छ । तर मनै जानकार अध्ययनशील पत्रकार हु भने जस्तै ती पत्रकारको समाचार बङयाउने होच्याउने समाचार लेख्ने कुकर्म फेरी कसरी आयो होला ? किन उनी पटक पटक आफ्नो आफ्नो बौद्धिक घटियापन देखाईरहन्छन् ? समाजभित्र दर्दनाक विकृति, विसंगति र कुकृत्यहरु छन् तर तिनको खोज अनुसन्धान गरेर बाहिर ल्याउने साहस उनले कहिल्यै गर्दैनन् । तिम्रो आलोचनाले समाज बदलिने र मलाई प्रभाव पार्ने भए त संभवत मैले मेरो पेशा पनि अगाडि बढाउने आँट राख्दैन होला ।
उनले म पत्रकारकै खेदो खन्नेतिर लागेको देख्दा अच्चम लागेको छ र गतिशील र शक्ति शाली समयको चक्रले होला उनी बल्ला प्रतिष्ठानको प्रशंसा गर्ने ठाउँमा आईपुगेछन् । खुशी पनि लाग्यो । अब उनले प्रतिष्ठान के हो भन्ने त्यसको महत्व ढिलै भएपनि बुझेछन् ।
किनकी कुनैबेला प्रतिष्ठान विकृत संस्था हो, राजनीति गर्ने थलो हो भन्थे ।

अहिले त्यो देखेनछन् । प्रतिष्ठान शक्तिवालाको लुट्ने थलो बनेको छ भनेर नेतृत्व र संस्थाको खेदो खन्ने उनी अहिले चाहेर वा नचाहेर पनि सत्य बोल्न बाध्य भएछन् । त्यसले संस्था वा व्यक्ति जो कोहीलाई सजग बनाउँछ । नयाँ तरिकाले सोच्न बाटो दिन्छ । त्यसमा प्रतिष्ठान नेतृत्वको अहम् भूमिका रहनेमा आशावादी छु । तर पत्रकारले पत्रकारमाथि कुण्ठा बोकी रोइलो प्रकट गर्नुको कुनै अर्थ छैन । सकिन्छ खोजी पत्रकारीतामा अघि बढौँ सकिदैन, पत्रकारले लेखेको समाचारमा बङ्ग्याउने काम नगरौ ।मेरो जीवनमा त्यो हर्कत नगरेकै बेश ।


error: Alert: Content is protected !!