जन्मेदेखि २ वर्षको अवधिमा बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास हुन्छ । त्यो समयमा बालबालिकाको शारिरिक,मानसिक,भाषिक र सम्बेगात्मक विकास हुनु पर्छ,जसलाइ प्रारम्भिक बाल विकास भनिन्छ । चेतनाको अभाव,शिक्षाको कमी,बालबच्चाको स्याहार सुसार भन्दा कामममा बढी ध्यानदिने बालीले नेपालका दुरदराज गाउँ ठाउँमा प्रारम्भिक बाल विकासको अबस्था दयनिय छ ।
त्यस्तै जुम्लामा विहिबार दिगो तथा न्यायोचित बिकास प्रतिष्ठानले आयोजना गरेको प्रारम्भीक बालविकास सम्बन्धी सरोकारवाला संग छलफल कार्यक्रम गरेको छ ।
त्यस्तै पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले दुर्गम गाँउका अभिभावकहरुलाई प्रारम्भीक बालविकासका बारेमा सिकाउनु पर्ने बताइन । उनले कुनै एक पालिकालाई भन्दा पनि सबै जिल्लाको प्रतिनित्व हुने गरी यो कार्यक्रम लागु गर्न अनुरोध गरिन । उनले तिलागाउँपालिकाको ग्रामिण भेग ,पातारासीको हुरीमहरी , जस्ता बस्तीमा यस्ता कार्याक्रमले महत्वपुण भुमिका खेल्ने बताइन । शहरमा सचेतना पुगेको छ , तर कार्यन्वयन हुदैन । ग्रामिण भेगका महिलाले प्रारम्भिक बालबिकासको बारेमा बुझेका छैनन । ,“गर्भअवस्था देखि २ वर्ष सम्मको महत्वपुर्ण अवधिलाई अभिभावकले गम्भीर रुपमा बुझ्न र बुझाउन जरुरी छ । बच्चा भन्दा कामधन्दामा बढी ध्यान दिने ग्रामिण समुदायमा चेतना विस्तार जोड दिनुपर्छ ।”
त्यस्तै भनिन्छ,“पहिलो शिक्षक बुबा आमा र पहिलो पाठशाला घर” । तर दुरदराजका नागरिकमा चेतना नभएर र सुगमका नागरिक शिक्षित भएर पनि बालबालिकाको प्रारम्भीक विकासमा ध्यान दिएको पाईदैन् । अझ बालबालिको रेखदेखमा बुबाहरुको भुमिका न्युन देखिन्छ । भने, घरभन्दा मेलापात देखि बालबच्चाको स्याहारसुसार गर्ने महिलाको ठेक्का जस्तै छ ।
प्रारम्भीक बालविकासका लागि सरकारले वर्षेनी अर्वौ बजेट खर्चिन्छ । त्यस्तै गैससहरुले पनि बाल संरक्षण,सिकाई बृद्धि,बौद्धिक विकास भाषागत विकासका लागि मोटो रकम लगानी गरेको पाईन्छ । तर स्थानीय सरकारले गैससका राम्रा कामको निरन्तरता नदिनु र अभिभावक शिक्षालाई जोड नदिँदा प्रारम्भीक बालविकासमा उल्लेखीय सुधार हुन सकेको छैन् ।
गाउँका अधिकांश बुबा आमा २ वर्ष सम्मका बच्चालाई घरमा छोडेर दिनभरी काम मात्रै गर्ने,बच्चालाई समय नदिने,रुने बित्तिकै मोबाईल दिने,सधै काम भनेर बच्चा संग समय नबिताउने समस्या छ । जसले गर्दा बालबालिकाहरुको सर्वागिण विकासमा बाधा पुग्छ ।
त्यसैले जन्मेदेखी २ वर्षका बालबालिकाको प्रारम्भीक बाल विकासका लागि अभिभावकलाई बढी जिम्मेवार बनाउन आबश्यक छ । विशेष गरी आमा बुबा, घरका अन्य परिवारले गर्भावस्थादेखि २ वर्षका बालबालिकाको शारिरिक,मानसिक,भाषिक तथा संबेगात्मक विकासका लागि समय दिन जरुरी छ ।
त्यस्तै प्लान ईन्टरनेश्नलका प्रारम्भीक बाल विकास विज्ञ कमला राईले भनिन ,“सरकारले २०७७ देखि ०८८ सम्मको एक दशकलाई प्रारम्भीक बालविकास रणनीतिका रुपमा अघि बढाएको छ । उक्त रणनीति अनुसार २ बाल्यवस्थामै चाहाना प्रस्फुटन,निर्णय र नेतृत्व र सिकाई बृद्धिका सबालमा बालबालिकालाई चनाखो बनाउन अभिभावकको भुमिका महत्वपुर्ण हुन्छ ।”
उनका अनुसार प्लानको सहयोगमा सेडा नेपाल जुम्लाद्धारा संचालित ‘बालबालिकाको सपना परियोजना’ मार्फत जुम्लाका स्थानीय तहका २१ वडामा प्रारम्भीक बाल विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
जुम्लाका तिन स्थानीयतका २१ वडाका झण्डै ८ हजार बढी २ वर्ष सम्मका बालबालिकाका प्रारम्भीक बालविकासको पहुँचमा पुगेको समेत विज्ञ राईको भनाई छ । त्यस्तै प्लान नेपालका दिपा वलीले प्रारम्भीक बालविकासका लागि नमुना अभिभावकको कथा लेखन,चेतना विस्तार तथा छलफल पैरबीमा जोड दिइन । उनले भनिन, एक जनाले गरेको राम्रो अभ्यास समाजका लागी प्ररेणाको स्रोत बन्छ । मिडिया मर्फत यस्ता सन्देश गरको खण्डमा समाजका लागी सकरात्मक प्रभाव पर्ने भएकाले , प्रचार प्रसारणमा जोड दिने आबश्यक रेहेको बताए ।
त्यस्तै सेडा नेपालका परियोजना संयोजक प्रेम सिहं ठकुरीले प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिकाबारेमा
समेत कार्याक्रम गर्दै आएको बताए । जसको फलस्वोरुप पुरुषहरुलेपनि वालवालिकाको लालनपालनमा संग्लाग्नता बढेको पाइएको छ । बालबालिकाको लागी अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो कुनै पनि बालवालिका असल नागरिक बन्ने बताए । जसका कारण बालबालिकाले सहितरिकाले आफ्नो बाटो आफैं तय सक्ने बताए ।बालकालिको स्वाथ्यलाई मध्यनजर गर्दै प्लान नेपालको आर्थिक सहयोगमा बालबालिकाको सपना परियोजना नामक कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै जिल्ला स्तरीय परियोजना सम्बन्धि समिक्षा बैठकमा प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको सेडा नेपालका संयोजक प्रेम सिहं ठकुरीले बताए । उनेल भने केही स्थानीय सरकारको लगानी र सेडाको गरी कानका सुन्दरीमा सामुदायिक खेल केन्द्रको निर्माण गरिउको बताए । बालबालिकालाई खेल्नका लागी स्थानीय खेलाउन बनाउने तरिका बिभिन्न महिला र पुरुष समहु मार्फत सिकाइएको छ । प्राराम्भक बालविकासका लागि उत्प्रेरणा कुना निमार्ण गरिएको छ ।नियमित स्वास्थ्य आमा समहुह मार्फत सामुिहक संबाद गरिएको छ । सिजा , हिमा र कनका सुन्दरीगाउँपालिका गरी २१ वटा वडामा यो कार्यक्रम लागु गरिएको छ । यसमा आमा गर्भवती भएको ३ महिना देखी बच्चा जन्मेको ३ वर्ष सम्म अभिभावकले बच्चाको बुद्धी बिकासको लागी गर्नु पर्ने काम कर्तब्यलाई लक्षित गरिएको छ ।