जुम्लाका भूमि हिनको लगत संकलन गर्दै भूमि आयोग

जुम्ला ः जुम्लामा भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न थालिएको छ ।यसको लागी आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग जुम्लाको आयोजना गरेको कार्यक्रममा स्थानीय तह सँग सहमतिको सम्झौता तथा अभिमुखीकरण गरेको बताइएको छ । आयोगका सदस्य टेकबहादुर शाह, दाताराम खनाल सहितको टोली जुम्ला पुगेर लगत संकलनका लागि स्थानीय सरकार सँग सम्झौता गरेको छ ।
भूमि आयोग जुम्ला जिल्लाका विज्ञ लक्ष्मी खत्रीका अनुसार दलित, भूमिहिन सुकुम्वासी, अव्यव्यवस्थित, बसोवासीहरु, व्यवस्थित गर्नका लागि हस्ताक्षर कार्यक्रम भएको छ । त्यस्तै सदस्य टेकबहादुर शाहले भूमिहिन र अव्यवस्थित बसोवास भएका नागरिकहरुको लगत संकलन गर्न अव स्थानीय तहले जोड दिने बताए ।उनले सरकारको यो राष्ट्रि«य अभियान सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने बताए ।
आयोगका सदस्य दाताराम खनालले आयोगको काम कर्तब्य, व्यवस्था, आयोग र स्थानीय तहको भूमिका बिषयमा सहजीकरण गरे । उनले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बस्ति व्यवस्थापन गर्न सूचना आवह्रान गर्ने, सोही अनुसार लगत शुरु गरिने बताए ।
त्यस्तै जिल्ला अध्यक्ष तिर्थ बुढाका अनुसार स्थानीय तहमा अव भिन्नै शाखा हुने छ । एक जना कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्ने छ । उनका अनुसार स्थानीय तहले लगत संकलन गर्ने सूचना आवह्रान गर्ने र लगत संकलन गर्ने बताए ।
आयोगले अव्यवस्थित बस्ति व्यवस्थापन गर्न समेत शुरु गर्ने बताएको छ । २०७६ साल अघि कुनै स्थानमा बसोबास गर्ने व्यक्ति बसोवास गरिरहेको छ ,भने अव्यवस्थित बस्तिका बिषयमा आवेदन दिन सक्ने बताईएको छ ।जिल्लाध्यक्ष बुढाका अनुसार भूमिहिनका लागि आयोगको मात्रै नभई स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोले अत्यान्तै संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
आयोगले अझ वडा कार्यालयको सिफारिस तथा स्विकृति निकै महत्वपूर्ण रहेको छ । आयोगले भूमि सम्वन्धी ऐन सहित विभिन्न संगालोको आधारमा कार्यविधि बनाएर अगाडि बढेको छ । जुम्लामा आठ वटा स्थानीय तह छन् । भूमि आयोग जुम्लाका विज्ञ लक्ष्मी खत्रीका अनुसार एक नगरपालिका र सात वटा गाउँपालिका सवै सँग लगत संकलन सहितका कामको लागी सहमतिको सम्झौता भईसकेको छ ।








