प्रदेस सभामा बिचाराधिन बिधेयक उपर बहस : विधेयक बन्धक बनाउने र तुहाउने खेल हुदै

जुम्ला ः कर्णाली प्रदेशमा दर्ता भएका ३ वटा विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा जुम्ला बहुमुखी क्याम्पसको समन्वयमा संसदमा दर्ता भई विचाराधिन अवस्थामा रहेका विधेयकहरु पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र नव प्रर्वतन तथा अन्वेषण विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ ।वहशमा सभ्यताका जानकार, भाषाविज्ञ, प्राध्यापक, नागरिक समाज सहित सरोकारवाला निकायले आफ्नो बिषयको आवश्यकता, औचित्य, महत्व र चुनौतिको बिषयमा वहश गरेका छन् ।
कर्णाली प्रदेश सभामा बिचाराधिन रहेका ’सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र नवप्रवर्तन,अन्वेषण तथा आविष्कार विधेयक’’पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालय विधेयक’ समितिमा बन्धक बनाउने र तुहाउने खेल भइरहेको भन्दै जुम्लाका बिधेयक उपर बहस सूरु भएको छ ।
विनाकारण कर्णाली प्रदेस सरकारले बिधेयक फिर्ता लिने समितिमा प्रस्ताव गरेको कुराको प्रति जुम्ला बहुमुखि क्याम्पसमा बहस सुरु भएको हो ।जुम्लाको पहिचान झल्काउने गरी ल्याइएका बिधेयकलाई प्रदेश सरकारले बन्धक बनाउन खोजेको भनी जुम्लाका बौद्धिक ब्यक्तिहरु माझ बसह सूरु भएको छ ।
सांसद नरेश भण्डारीले सधैंभरि पिल्सिएर बस्न बाध्य कर्णाली लगायत केन्द्र देखि टाढा रहेका भूगोलले निर्णय प्रक्रियामा आफ्नै सहभागिता र आफ्नो विकासको मोडेल आफैं तयार पार्नको निम्ति ल्याइएका महत्वपुण बिधेयक लत्याउन नहुनु बहसका बक्ताहरुको भनाई छ ।
देश संघीयतामा गएपछि आफ्नो क्षेत्रको विकास गर्न विश्वविद्यालय लगायतका संस्था अति जरुरी हुन्छन्। त्यही बुझेका सांसद भण्डारीले संसदमा दर्ता गरेका विधेयक फिर्ता लिने सरकारी प्रस्ताव बक्ताहरुको भाषामा खेदजनक छ ।
त्यस्तै सामाजिक बिकास कार्यालयका प्रमुख तुलाराज चौलागाइले संघीयताको अपरिहार्यता माथि पनि प्रश्न उठाएको छ । यदि आफ्नो भविष्य आफैं कोर्न तयार नहुने हो ,भने संघीयताको औचित्य नरहेको बताए । उनले सिंजा सभ्यता संरक्षण तथा बिकास बिधेयक बिकासको एक महत्वपुर्ण सुचक रहेको बताए ।
त्यस्तै जुम्ला बहुमुखी क्याम्पसको हलमा सम्पन्न प्राज्ञिक वहशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्राध्यापक डाक्टर दिनेश बास्तोलाले एउटा संसदको काम सार्वजनिक महत्त्वको विषयमा बोल्ने, नियम कानुन बनाउने,आवश्यकता हो । जुम्ला बासीका लागी मात्रै नभइ समग्रह कर्णाली बासीको ध्यान जानजरुरी छ ।
विधेयक समय सुहाउदो भएकाले अगाडि बढाउन सवैको सहकार्य हुन आवश्यक रहेको भन्दै हिजो कर्णाली प्रतिष्ठानको सपना देख्ने व्यक्ति नरेश भण्डारी र एमविविएसका लागि शक्ति दिने डाक्टर गोविन्द केसीको आन्दोलनले प्रतिष्ठान यहाँ आईपुगेकोमा जोड बताए । उनले सिंजा सभ्यता विधेयक ल्याउदै गर्दा अन्य सभ्यताको बिषयमा सोच्नुपर्ने दिन आएकोमा जोड दिए ।
पहिलो संविधान सभाको निर्वाचनमा जुम्लाबाट लोकप्रिय मतले निर्वाचित भण्डरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यक्तिगत विधेयक संसदमा दर्ता गराएका थिए। त्यो पास भएपछि ऐन बन्यो र सरकारले स्वामित्व लियो। धेरैले असम्भव भनेको स्वास्थ्य विज्ञान प्रतिष्ठान आज एमबीबीएस र विशेषज्ञ डाक्टर उत्पादन गर्ने भइसकेको छ । त्यो ऐतिहासिक कदमको जस सधैभरिलाई उनले पाइरहने छन ।
कर्णाली प्रदेशसभामा सरकारले दर्ता गरेको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले दर्ता गराउनु भएको सिंजा सभ्यता र अन्वेषण विधेयक पारित गर्न कर्णालीका प्रर्दशन सहित सांसद भण्डारी सड्कमा आएपछि अहिले चर्चा भईरहेको छ ।

सो विषयमा महासंघले जुम्लामा शनिवार सम्पन्न गरेको प्राज्ञिक बहश भएको छ । अधिकांश वहशकर्ताले विधेयक कर्णालीको विकासको अभिन्न अगं हुने तर समन्वय सहकार्य फराकिलो गरेर सरकारले ध्यान नदिए दवावमुलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका छन् ।
जुम्ला बह्मुखी क्याम्पसका प्रमुख डाक्टर ओम प्रकाश आचार्यले सभ्यताको अनुसन्धान गर्न सिंजा विधेयकको आवश्यकता रहेको र कर्णालीमा वैज्ञानिक खोज्न अन्वेषण विधेयकको समय सुहाउदो बिषय रहेकोमा जोड दिए ।
त्यस्तै नागरिक समाजका संयोजक राजबहादुर महतले नागरिकको आवश्यकताका सवालमा राज्यले ध्यान नदिएमा आन्दोलनको आवश्यकता रहेको बताए । उनले हिजो संघीयताको आन्दोलनमा गोली खाएको व्यक्ति समेत भएकाले सुनुवाई नभएमा आन्दोलन गर्न अपिल गरे ।
सामाजिक विकास कार्यालयका प्रमुख तुलाराज चौलागाईले भाषानै विकासको सूचक भएकाले सिंजा विधेयक सवैले अपनत्व लिएर अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए । ऐतिहासिक पुरातात्विक महत्व समेत यस विधेयकमा रहेकोले पास हुनुपर्नेमा दावी छ ।
कर्णाली प्रविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकेन्द्र थापाले प्राविधिक शिक्षाको विश्वविद्यालयको आवश्यकता रहेको तर कर्णाली प्राविधिक शिक्षालय जसले हजारौ मध्यमबर्गिय परिवारका छोराछोरीलाई शिप दिएर रोजगार दियो त्यो बिषयमा राजनैतिकदलको चासो नगएकोमा जोड दिए ।
त्यस्तै जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रकाशचन्द्र खत्रीले तिनैवटा विधेयक निकै महत्वपूर्ण रहेको बताए । उनले अहिले सम्म सिंजा सभ्यताको लिखित दस्तावेज गर्ने कुनै निकाय नभएकाले सिंजा विधेयक निकै आवश्यक रहेको औल्याए ।
त्यस्तै खस सस्कृति र साहित्यका जानकार रामकृष्ण बुढ्थापाले आजको आवश्यकता अनुसारका विश्व विद्यालय जन्माउने विधेयक जुम्ली जन्ताको बिकास संग जोडेको बताए ।
त्यस्तै अधिबक्ता पदमबहादुर शाहीले विधेयक दर्ता प्रक्रिया, अगाडि बढ्नेबाटो र चुनौतिका बिषयमा कानूनले दिएको अधिकारको बिषयमा जानकारी गराए ।उनले सरकारले आवश्यकता ठानेमा अगाडि बढाउने र आवश्यकता नठानेमा फिर्ता लिने व्यवस्था समेत रहेकोमा बताए ।
त्यस्तै पूर्व विद्यार्थी नेता महेन्द्र काकीले तिनैवटा विधेयको महत्व र आवश्यक धेरै भएको र खस जाति भरीको अपनत्वमा अगाडि बढ्नुपर्ने बताए । उनले जुम्लाका अन्य दुईजना सांसद किन मौन भईरहेका छन्, कतै समन्वय कम भईरहेको भए बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको जीवन सँग जोडिएका त्रिवेधयकको बिषयमा विद्धानहरुले दिएका सझाव महत्वपूर्ण रहेको बताए । उनले महासंघले सामाजिक सरोकारका विषयमा जहिले पनि वहश तथा पैरवी गर्ने प्रतिबद्धता गरे ।उनले भने,‘महासंघले अव महत्वपूर्ण सवालमा हरेक सवालमा वहश कार्यक्रम गर्न तयार छ । यसका लागी सबैको साथहयोग आबश्यक छ ।









