प्रचारप्रसार अभावले ओझेलमा परेका मालिकाबोत्ताका धार्मिक र पर्यटकीय‘स्थलहरु ’

जुम्ला : हेर्दा अत्यन्तै रमणीय पवित्र लाग्छ कनका सुन्दरीगाउपालिका दुइमा रहेको मालिका बोतागाउको नौमुले तिर्थस्थल । यो गाउको शिरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको हो । कलकल बग्दै गरेको नौ वटा धारा ‘नौमुले ’नामले समेत परिचित तिर्थस्थल कनका सुन्दरीगाउपालिका दुइमा रहेको रोथ भन्ने स्थानमा अबस्स्थित छ । यो ठाउ प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रमणीय क्षेत्र हो ।त्यस क्षेत्रमा सञ्चारमाध्यममा प्रचारप्रसार नहुनु तथा यसको भौतिक पूर्वाधार विकासमा कसैले चासो नदिँदा अहिले सम्म ओझेलमा परिरहेको छ।

पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न केही प्रयास भएएको पुर्व वडाध्यक्ष शेर बहादुर रावतले बताए । उनी वडा सरकारमा हुदा केही भवन र धारा बनाइएको हो । उनले भने ,प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण रोथ चौर र नौमुले तिर्थस्थल पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक धारासंग रुमलिन पुग्छन्। छड्कदै गरेका नौमुलेका नौवटा धारा अनि रोथचौरमा बग्दै गरेको पानीलेको यो दृश्यले सबैको मनलाई जितिरहेका छ । वर्षायाममा यसको पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याइरहेको हुन्छ ।

मालिकाबोताका आकासि रावत ७०वर्षका स्थानीयवासी हुन । उनी भन्छन,“नौमुले यहाका नागरिकको तिर्थ स्थल हो। यो मन्दिरको नाम पहिले रुपाभवानी हो । माथी पटि रोथ चौर थियो त्यस कारण रुपाभवानी नाम राखिएको थियो ।अहिले त्यो मन्दिरको नाम परिमार्जन गरेर नौमुले तिर्थस्थल राखिएको छ । आकासी रावतका अनुसर त्यो नौमुले तिर्थस्थलमा यहाका नागरिक प्रवित्र हुन जान्छन । कोही रक्सी छुट्न, जान्छन ,केही नुवायर शुद्ध हुन जान्छन ,कोही सोचको माग पुरा हुन्छ भनेर जान्छन । त्यो ठाउ मालिका बोताको लागी महत्वपुण तिर्थस्थाल हो ।

मालिकाबोताका नागरिकका मनोकामना पुरा हुने धार्मिक स्थलपनि हो ।स्थानीय निकाय, विभिन्न संघसंस्था तथा व्यक्तिसँग रकम जुटाएर यसको भौतिक पूर्वाधार निर्माण गरेर यसलाई छिट्टै नै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेको खण्डमा मालिकाबोताका नागरिकको जिवनस्तर माथि उठ्ने देखिएको छ ।

प्रकृतिले नै दिएको सुन्दर उपहार यस क्षेत्रमा अरु धेरै गुफाहरु पनि रहेको स्थानीय सुर बहादुर रावतले बताए । उनले भने,“यसमा कसैको ध्यान गएको छैन । मालिकाबोतागाउको आसपासमा रहेको गुफा, र धार्मिक तथा पर्यटकिय स्थलको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर विकासका काम अगाडि बढाउन सके साँच्चिकै यो क्षेत्र एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुने उनको भनाइ छ।

यसको पर्यटकीय विकास भएको खण्डमा यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटकको आवागमन हुने अपेक्षा समेत गरिएको वाडाध्यक्ष खम्मा रावतले बताए । उनले भने,“उचित प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा यहाका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेका छन् । उनका अनुसार नौमुले थिर्तस्थलमा भएकाहरु पितृ श्राद्ध र दिवगंत भएकाहरुको अस्तु सेलाउन जाने ठाउ यहाका सबै नागरिकको त्यही हो । माता तीर्थ औंसी, कुशे औंसी, पुसे औंसी, बालाचतुर्दशी, शीवरात्री लगायतको पर्वमा पुजापठ गर्न जानेगरेको बताए ।यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिने वडाध्यक्ष रावतको भनाईछ ।

सो क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि गाउँपालिकाको पनि ध्यानजान जरुरी रहेको छ । आफु यस वठाको जनप्रतिनिधि भएकाले पर्यटकहरुको सुविधाको लागि सो क्षेत्रमा होमस्टे निर्माणको लागि यस पालिकाबाट बजेट विनियोजन गर्नका लागी पहल गर्ने बताए । कनका सुन्दरीगाउँपालिका दुइवडामा रहेको मालिकाबोतागाउको मुख्य आर्यअर्जन कृर्षि हो । भेडा पालन, ,बाख्रा पालन , जटिबुडी, स्याउ ,आलु, सिमि, फापर, कोदो, जौ, गहु,अदि उत्पादन हुने गर्दछ । मालिकमबोता गाउमा थापा , रावत , बुढा, ऐडी र दलितहरुको बसोबास रहेको छ ।

सम्बन्धित समाचार