सिंजा २ का जेष्ठ नागिरकलाई सम्मान स्वरुप छाता र टर्च वितरण फाेटाे फिचर

सिंजा गाउँ पालिका दुईका जेष्ठ नागरिकलाई  छाता र टर्च बितरण गरेकाे छ । बर्खायामकाे समयमा पानी पर्ने भएकाले  ओत स्वरुप ,छाता र राति उज्यालाे गर्न सहज गर्नका लागि छाता वितरण गरिएकाे हाे । सिंजा गाउँपालिका दुई वडाले कार्यालयकाे आयाेजनामा जेष्ठनागरिककाेमागकाे आधारमा ८१जेष्ठ नागरिकलाई  छाता र टर्च बितरणा गरिएकाे हाे ।

वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार विभिन्न काममा जादा छाता आवश्यक भएको र राती वाहिर भित्र जादा उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराईएको बताउनुभयो ।
वडा नम्बर २ को कार्यालय विष्टवाडामा ज्येष्ठ नागरिकहरु उपस्थित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया र वडाध्यक्ष वडले ज्येष्ठ नागरिकलाई छाता वितरण गर्नुभएको थियो । ८९ बर्षिय ज्येष्ठ नागरिक विर्खसिंह खत्रीबाट छाता वितरण कार्यक्रम शुरु गरिएको थियो ।

ज्येष्ठ नागरिकले छाता र टर्च पाएपछि खुशी व्यक्त गरेका छन् । उनिहरुले नजिकको सरकारले साना साना काममा सम्मान गर्ने कामले सम्मानको अनुभूति भएको बताएका छन् । ज्येष्ठ नागरिक खत्रीले आफु विरामी भएपनि वडा कार्यालयले गरेको सानो भएपनि राम्रो काम भएकाले वडामा पुगेकोमा बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरु धेरै गाई चराउन देखी वनमा समेत जानुपर्ने, अस्पताल आउनुपर्ने भएकाले पानीमा छाताले सजिलो हुने भएकाले धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पर्ण प्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मान भनेको सवै मानव जातिको विकास भएको बताउनुभयो । उहाँले यस्ता सृजनात्मक कामका लागि वडा कार्यालयलाई धेरै धन्यवाद र यस्ता कामहरु अन्य वडाहरुले सिको गर्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष सितली रोकायाले हामी सवैभोलीका ज्येष्ठ नागरिक भएकाले सम्मान गर्नु राम्रो भएकोमा जोड दिनुभयो ।

वडाको आफ्नै भवन हुदा सजिलो :
सिञ्जाको दुई नम्वर वडाले बिष्टवाडमा आफ्नै वडा कार्यालय स्थापना गरेपछि सजिलो भएको निर्वतमान वडाध्क्ष नविन्द्रराज शर्माको समयमा गाउँपालिकाले वडा कार्यालय स्थापना गरेको थियो । आफ्नै कार्यालय भएपछि काम काज गर्न सजिलो भएको वडाध्यक्ष तिर्थ वडले बताउनुभयो । सोही ववडामा खस संग्राहलय समेत निर्माण भईरहेको छ । वडापालिका, स्थानीय, गाउँपालिकाको पहलमा संग्राहलय स्थापना गर्न शुरु भएको छ ।

सम्बन्धित समाचार