जुम्लामा बढ्दै बलात्कारका घटना
जुम्ला ः जुम्लाका बलात्कारका घटना बढ्न थालेका छन ।पछिल्लो समयमा २० वर्ष मुनिका किशोरी माथी बलात्कारका घटना बढेका हुन । जसको उदारण हुन गुठिचौर गाउँपालिका वडा नम्वर ५ निवास १७ वर्षिय बालिका ।
उनी माथी गुठिचौर ५ निवासि २ जना व्यक्तिले गएको सोमबार सामुहिक बलात्कार गरेका हुन ।उनी सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामुहकि बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
पीडितका आफन्तले प्रहरीमा उजुरी समेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गयर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायब उपरिक्षक धर्मराज जोसीले बताए ।उनले भने,‘ उनी माथि बलात्कार गर्ने व्यक्ति फारार छन । उनीहरुको खोजिकार्य तिव्ररुपमा गरिरहेको छ । उनले थपे,“प्रहरीले पीडितलाई न्याय दिन र दोषिलाई कानुनी काबार्हीको दायरामा ल्याउनका लागी प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । १७ वर्षिया बालिका बलत्कार गर्ने गैरदलित हुन ।
गुठीचौर ५ की १७ वर्षिया नबालिका एक उदारण मात्रै हुन । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुइ आर्थिक र्वषको तथ्याङक हेर्दा उनी जस्तै १६ वटा किशोरी बलत्कार भएका छन ।आर्थिक वर्ष २०७७। ७८मा ७ वटा २० वर्ष मुनिका किशोरी बलात्कारका भएका छन । त्यस्तै आर्थिक वर्ष २०७८ ।७९मा १० वटा गरी २० वर्ष मुनिका १६ किशोरी तथा बालिका माथी बलत्कार भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ ।
त्यस्तै जुम्लाका निमित्त प्रहरी नायब उपरिक्षक धर्मराज जोसीका अनुसार यि दुइ आर्थिक वर्षमा ५ वटा मुदा बलात्कारको प्रयास गरेको परेको छ ।उनले भने,‘बलत्कारका उजुरी परेका एक जना बाहेक अरु सबै २० वर्ष भन्दा तलका र ५ वर्ष भन्दा माथी उम्मेर समुहका छन ।
जुम्ला प्रहरीको तथ्याङक हेर्दा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका दलित र विपन्न बढी छन्। त्यस्तै देश भरको प्रहरी तथ्यांक हेर्दा बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवती देखि वृद्ध उमेर सम्मका महिला बलात्कारको सिकार हुने गरेको पाइन्छ ।









