जुम्ला ःप्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले टुक्रे योजना नभई एक ठोस काम गरौ भनेर तिला गाउँपालिकाको सहकार्यमा तिला हाईड्रोको निर्माण शुरु गरेको बताए । उनले आफ्नो नाम संग जोडिएका परियोजनाको बिषयमा कतिपय विभिन्न प्रकारका जिज्ञासा आएकाले यसलाई स्पष्ट पारेको बताए । उनले भने ,त्यसमा करिब ११ करोड लगानी भएको जानकारी दिए ।
सांसद महतले त्यो तिला गाउँपालिकाका सँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुने भएकाले गाउँपालिकाको अपनत्व बढि भएको पत्रकार भेटघाट मार्फत जानकारी दिए । उनले खर्च सवै तिला गाउँपालिका मार्फत भएकाले आर्थिक बिषयमा आफु निकै टाढा रहेको बताए । सो हाईड्रोमा भने मेशिन खरिदका लागि जिम्मा दिएको कम्पनीले चीनबाट मेशिन ल्याउने भएकाले ढिलाई भएको बताउदै बाढीले केही समस्या ल्याएको हो । पत्रकार भेटघाटमा सांसद महतले मेरो केही कमजोरी थियो भने ठोस योजनामा सवै लगानी गर्नु थियो तर बनेर छोड्छ, गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकी गाउँपालिकाले बनाउछु भनेर हस्ताक्षर समेत गरेको छ । सांसद महतले आफुले गरेका काम र जिज्ञासाको बिषयमा पत्रकारभेटघाट गरी जानकारी दिनु पर्ने अबस्था आएको बताए ।
सांसद महतले गृह जिल्ला जुम्ला पुगेर आफु प्रतिनिधिसभा सांसदको पदभार गरे देखि भएका मुख्य कामहरु र नागरिकले उठाईरहेका जिज्ञासाका बिषयमा स्पष्ट पारेका छन ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लामा पत्रकार भेटघाट गरि सांसद महतले आफ्नो पालामा तिला गाउँपालिकामा करिब एक मेघावाटको बिजुली निर्माण भईरहेको विषयमा तेर्सिएका प्रश्नहरुको वारेमा पत्रकार भेटघाटगरी जनता माझ पस्केका छन । उनले आफु प्रतिनिधिसभा सांसद भएपछि मुख्यगरी सडक र बिधुतकाे लागि पहल गरेकाे पत्रकार सम्मेलन मार्फत उल्लेख गरे । पहिलो राष्ट्रिय प्रसारण लाईन हो त्यो ढिलै भएपनि पुगेको र अव ३३ केभी लाईन जोडिएमा निरन्तरता हुने बताए ।
त्यस्तै सांसद महतले दोस्रो काम टुक्रे योजना नभई एक ठोस काम गरौ भनेर तिला गाउँपालिकाको सहकार्यमा तिला हाईड्रोको निर्माण शुरु गरेका छौ । त्यस परियोजनाको बिषयमा कतिपय विभिन्न प्रकारका जिज्ञासा आएका छन् ।
त्यस्तै यसैगरी तत्कालिन समयको गुठिचौर बहुउद्देश्यीय विकास परियोजनाको बिषयमा पनि केही जिज्ञासा मेटाएका छन । उनले २०६७ साल तिर निश्पक्ष हिसावले जिल्लाको राजनैतिक दलहरुको वैठकले गोठिचौर परियोजनाको परिकल्पना गरेका थियौँ ।पछि सरकारबाट सहयोग नभएपछि परियोजना अलपत्र भएको थियो । उनले भने त्यो परिजनाको लागी भनेर सरकारले बजेट पठाएकै छैन । त्याे परियाेजना दर्ता समेत भएन । सरकारले नै प्रथामिकतामा नपारेपछि त्यो असफल भएको हो । यसमा मेरो कुनै हात छैन । उनका अनुसार पछि तत्कालिन समयमा केही रहेका जिम्मेवारीको बिषयमा अन्य साथीहरुलाई समेत जानकारी छ । त्यस सामाजिक अभियानमा पनि लाग्ने व्यक्तिले कैयौ दिन धेरै काम गरेका छन । त्यहाँ जाने सडक समेत बनेको हो ।
त्यस्तै सांसद महतले माओवादी द्धन्द्धबाट आएर फिर्ता भएपछि करेसावारी फोहोर क्षेत्रलाई सफा गरेर सहकारीको कल्पना गरिएको थियो तर पछिल्लो सरकारले निति बदलेपछि सहकारी प्रभावित भयो अहिले केही नागरिकहरुले भाडामा बसेर विभिन्न काम गरेकोमा जोड दिए । उनले त्यसमा पनि अनाश्यक टिका टिप्पणी भएको बताउदै प्रष्टाएका छन ।
त्यस्तै पत्रकार भेटघाटमा पत्रकारहरुले सांसद महतलाई विभिन्न जिज्ञासा गरेका थिए । सो बिषयमा उनले तिला हाईड्रो र अन्य बिषयमा पत्रकारका जिज्ञासा मेटाएका छन ।
त्यस्तै पत्रकार भेटघाटमा नेकपा माओवादीका जिल्ला नेता राजकुमार शाही साहसीले सांसद महतका योजनाका बिषयमा थप प्रष्ट पारेका छन । उनले केही पत्रकारहरुले समाचार लेख्दा अर्को पक्षको समेट भनाई नराखेको बताए ।उनले गोठिचौरमा तत्कालिन समयमा स्थापना गरिएको विद्यालय अहिले शंकर माविमा परिणत भएको छ । सांसद महतले तातोपानी ३ र ४ मा पनि किसानका जग्गामा ५ किलोमिटर घेरवार गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सांसद महतलाई पत्रकारका बिषय सांसदमा उठनु पर्ने बताए ।उनले भने कर्णालीको सवाल जसरी सांसद गर्जिरहेको छन त्यसरी , दुर्गमका मिडियाका सवाल पनि उठाउन अनुरोध गरे । २० औ बर्ष स्टेञ्जर भएर काम गर्ने पत्रकारका कथा अव सवै मिलेर पैरवि आबश्यक रहेको बताए ।