जुम्लाका २३ वडामा काँग्रेस बिजयी

स्थानीय तहको निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली काँग्रेस पार्टी निर्वाचित भएको छ । यहाँका ८ ओटा स्थानीय तहका ६० वडा मध्ये पछिल्लो मत परिणाम अनुसार २३ वडाका वडाध्यक्षमा काँग्रेस निर्वाचित भएको हो ।

चन्दननाथ नगरपालिका – १ वडामा काँग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ३०४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजबहादुर भक्र्री २४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका – २ वडामा काँग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले २०३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले १६६ मत प्राप्त गरेका हुन् ।

चन्दननाथ नगरपालिका – ४ वडामा काँग्रेसका नवराज देवकोट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले २७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले २१८ मत प्राप्त गरेका हुन् । सोही नगरपालिका – ६ वडामा काँग्रेसका रविबहादुर थापा निर्वाचित भएका छन् । उनले ३६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिदोन्द्धि समाजवादीका कृष्ण थापाले २३९ मत प्राप्त गरेका हुन् ।

यस्तै गुठीचौर गाउँपालिका– १ वडामा काँग्रेसका अर्जुन कुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् । पातारासी गाउँपालिका – २ वडामा काँग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनले ४३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले ४३२ मत प्राप्त गरी २ मतले पराजित भएका हुन् ।

सोही गाउँपालिका – ५ वडामा काँग्रेसका दत्तबहादुर बुढा निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले ३२४ मत प्राप्त गरेका हुन् । ६ नम्बर वडामा काँग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले ३२२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिदोन्द्धि एमालेका सिंगबहादुर विष्ट १८६ मत प्राप्त गरी पराजय गरेका छन् ।

कनकासुन्दरी गाउँपालिकामा काँग्रेस –१ वडामा सिमित भएको छ । काँग्रेसका भैर बहादुर बुढा ६३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिदोन्द्धि माओवादीका भक्त बहादुर बुढाले ४९६ मत प्राप्त गरी पराजय भएका हुन् ।

सिंजा गाउँपालिका – १ वडामा काँग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले २७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिदोन्द्धि माओवादीका धनडोमा तामाङ रोकायाले २४० मत प्राप्त गरी पराजय भएकी छन् । सोही गाउँपालिका – ५ वडामा काँग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका मोती दमाईले ३०६ मत प्राप्त गरी पराजय भएका हुन् ।

यस्तै हिमा गाउँपालिका – १ वडामा काँग्रेसका रतनबहादुर शाही निर्वाचित भएका छन् । उनले ३२८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजेन्द्र प्रसाद आचार्यले २२८ मत प्राप्त गरी पराजय भोगेका हुन् । सोही गाउँपालिका – ५ वडामा काँग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनले २५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दल्जित शाहीले १७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका – ६ वडामा काँग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले २७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका विर तिरुवाले २२७ मत प्राप्त गरेका हुन् ।