ऐमाले र माओवादीका शिर्ष नेताको वडामा समाजवादी विजयी

जुम्ला ः नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको वडामा समाजवादी पार्टीको वडाध्यक्ष निर्वाचित भएका छ । चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा निर्वाचित महतले दुई सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी एमालेका कमलबहादुर महत दुई सय ३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।
उक्त वडा एमालेका पुर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना केन्द्रीय सदस्य क्रमशः बलबहादुर महत र गंगा महत, एमाले बिदेश विभाग केन्द्रीय सदस्य डाक्टर कुशेन्द्र महतको हो ।

एमाले निकट युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महत, एमाले निकट शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष एवं शिक्षक संगठन केन्द्रिय सदस्य टंक महत पनि यही वडाका हुन् ।
एमालेकै जुम्ला जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महत र माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्जको गजेन्द्र महतको स्थायी बसोबास भए पनि वडामा कडा प्रतिश्पर्धाका बीचमा सानदार विजयी भएको समाजवादी पार्टीले प्रतिक्रिया दिएको छ ।