जुम्लाको सिंजा गाउँपालिका ६ मा नेमकिपाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लालबहादुर बढा सहित प्यानलै विजय भएको हो । वडाध्यक्षमा लालबहादुर बुढाले ४ सय ७७ मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका पन्नलाल रावतले ४५९ मत प्राप्त गरेका हुन ।
यसअघि नेमकिपाले जितेको यो वडा अहिलेको निर्वाचनमा पनि जितेको हो । महिला वडासदस्य बसम बुढाले ३२९, दलित महिला सदस्य शान्ति नेपालीले ४०४,खुला सदस्य जयलाल रावतले ३८४ र रामबहादुर रोकायाले ३७७ मत ल्याएर विजय भएका हुन ।
जुम्लाको ६ वटा वडामा नेमकिपाले सिंजा ६ मात्र जितेको हो । स्थानीयतहको निर्वाचन २०७४ मा सिंजामा नेमकिपाले दुई वडा जितेको थियो । तत्कालिन सिंजा १ मा नेमकिपाबाट जितेका वडाध्यक्ष रणबहादुर रोकाया गाउ“पालिका उपाध्यक्षको उम्मेदवार बनेपछि त्यो वडा गुमेको हो ।