डोल्पाबाट माओवादीले पालिकामा जितकाे खाता खोल्यो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ।

 

माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्।