जुम्लाको गज्याङकोटमा १ गते पुन मतदान हुने

जुम्लामा स्थगित भएको शंकर मा.वि. गज्याङकोटको पुन मतदान हुने भएको छ । जेठ १ गते पुन मतदान हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ पुन १ गते निर्वाचन हुने भएको छ ।
मतदान स्थलमा ढुंगा मुढा र हुलमुल भएपछि सर्वदलिय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो । गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगा सहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।
जुम्लामा ७६.८३ प्रतिशत खस्यो 
जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ । स्थानीय प्रशासनका अनुसार जुम्लाको जम्मा मतदाता ६७,७४४ मध्य एक हजार ७ रहेको मतदान केन्द्रको गणना गरिएको छ्रैन् । वाँकी मतदाता मध्य ७६.८३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिइन । मध्यरात सम्म सूचना सम्प्रेषण नहुदा कति प्रतिशत मत खस्यो भन्ने ढिला थाहा भएको थियो ।

 

सम्बन्धित समाचार