हिमा गाउँपालिकामा एक साता देखी टेलिफोन सेवा अबरुद्ध

जुम्ला ःजुम्लाको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन सेवा अबरुद्ध भएको छ । टेलिफोन सेवा अरुद्ध हुदा सूचना प्रवाह गर्न समस्या भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएको हो छ । टावरको हर्न कसैले लिएको देखिन्छ ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षेति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाण्डौबाट मगाईएको छ । उनले भने,सामग्री जहाँजमा आउने भएको छ । उनले त्यो सामाग्री काठमाडौंबाट नेपालगंज पुगको छ । अव जहाँजमा जुम्ला आउने कार्यालय प्रमुख श्रेष्ठले बताए ।टेलिफोन बिग्रीएको खबर पाएपछि नेपाल टेलिकमको टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको छ ।

निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध हुदा सुचना आदनप्रदान गर्न सकस भएको छ । चुनावको मुखमा आपसी संचार र समन्वय गर्न कठिन भएको राजनैतिक दलहरुले समेत बताएका छन् । अर्कोतिर विरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन पनि संचार समस्याले एम्वुलेन्स तत्काल नपाईने स्थिति भएको छ । हिमागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले टेलिफोन नहुदा समस्या भएको बताए । उनले भने एक साता देखी फोन सेवा अरुद्धछ यसले गर्दा दैनिक कामकाज गर्न समेत समस्या भएको छ ।

 

सम्बन्धित समाचार