नैतिक दायित्व बोध गर्दै अध्यक्ष न्यौपाने बुझाए गाडी
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिदै गाडी फिर्ता गरेका छन । उनले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गर्दै गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै गाउपालिकालाई बुझाएका हुन । तातोपानी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार अध्यक्ष न्यौपानेले कार्यालयमा गाडि बुझाएको बताए ।उनले भने,‘सो गाडि एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ ।
त्यस्तै अध्यक्ष न्यौपानेले भने,अव करिब एक महिना छ, कार्यालयलाई बुझाउनु नैतिक दायित्व भएकाले बुझाईएको बताए । न्यौपानेले भने,‘ धेरै जसो गाडिहरु निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन अव कार्यालयलाई फिर्ता गर्दा ठिकै उचित ठानेर बुझाइएको हो ।








