दुई जनालाई सम्मान गर्दै वनस्पति केन्द्रले मनायो दिवस

जु्म्ला – जुम्लाको ठिन्केमा अवस्थित वनस्पति अनुसन्धान केन्द्र दुई जनालाई सम्मान गरेको छ । वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवसरमा उत्कष्ट काम गर्ने कर्मचारी मिता नन्द न्यौपाने र बिधुत जडामा उल्लेखनीय योगदान पु¥याउने कमल बहादुर भण्डारीलाई सम्मान गरिएको हो ।
अनुसन्धान केनद्रले उत्कष्ट काम गर्ने प्रेणादिनका लागी सम्मान गरिएको बताएको छ । दिवसको अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने सम्मान पत्र र दोसाला ओढायर सम्मान गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतले बताए ।
उक्त कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ ,गुठीचौर गाउपालिका ५का वडा अध्यक्ष चन्द्र बहादुर नेपाली र चन्दननाथ नगरपालिका १का वडा वडा अध्यक्ष जय बहादुर रावतले सयुक्त रुपमा सम्मा गरेका हुन । प्रमुख रमेश बस्नेतले भने ,‘राम्रो काम गर्ने कर्मचारी होस ,या श्रमिक उनीहरुको मनोबल बढाउन आबश्यक रहेको छ ।उनले हरेक क्षेत्रमा सुशासन कायम गर्न काम दार र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनीहरुको इमानदारीताको सम्बोधन गर्दै मर्यादा र गरिमालाई मनन गरीएको उनको भनाई छ ।









