पाँच किलोमिटर दौडमा महिला तर्फ सुशीला प्रथम

जुम्ला ः कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ सुशीला विष्ट प्रथम भएकी छन । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएका हुन ।
त्यस्तै पुरूषतर्फ अशोक बिक प्रथम भएका छन । त्यस्तै पुरूषतर्फ दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको

कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
त्यस्तै खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन ।