तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुन ः मुख्यमन्त्री शाहीबाट उद्धाटन

जुम्ला ः जुम्ला देखी मुगुको रारा सम्मको म्याराथुन दौड प्रतियोगिता भएको छ । ५९ किलोमिटरको उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गरेका हुन । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु भएको दौड प्रतियोगितामा बालवालिका देखी ज्येष्ठ नागरिक सम्मका करिब चारसय खेलाडी सहभागी थिए ।
किर्तिमानी म्याराथुन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथुन दौड प्रतियोगिता गरिएको हो । जुम्ला देखी रारा दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडीहरु र भारतका समेत खेलाडी जुम्ला पुगेर प्रतियोगितामा भाग लिएका छन् । आयोजक कर्णाली स्पोर्ट क्लवका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभइ कर्णाली कै शिर उच्च राखेको बताए ।उनले कर्णाली प्रदेश सरकारले यसको लागी आबश्यक सहयोग गर्न तयार रहेको बताए ।म्याराथुन प्रतियोगिताको उद्धाटन गर्दै मुख्यमन्त्री शाहीले प्रतियोगिताले हरिबहादुर रोकायालाई सम्मान पनि गर्न चाहेको बताए ।
मुख्यमन्त्री शाहीले वैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे ।उनले विश्वमा रेकर्ड राख्ने कर्णालीले क्षमताको यस प्रतियोगिताले सन्देश दिएको छ ।

मुख्य मन्त्री शाहीले यो खेलप्रतियोगिताको आयोजक टिमप्रति आभार ब्यक्त गरे । जुम्लाको सदरमुकाम खलंगा देखी मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडी महिला र पुरुषलाई रु एक÷एक लाख राशीको पुरस्कार रहेको कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीले बताए।

त्यस्तै ,अल्ट्रा म्याराथन भनेको प्रकतिका सवै पक्षहरुमा साहसिक अनुभव बटुल्ने बाटो हो । जुन अन्तरिक रुपमा आरामदायी हुन्छ,विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले भने,‘अल्ट्रा दौड्नेहरुले आफ्नो सिमा र समुदायको भावना खोज्छ । यो सर्यास्तमा रमाइलो गर्ने,गाउ“ठाउ“मा रमाउने,पहाडमा दौडदै प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने माध्यम पनि भएको बताए । ’

धावक रोकायाका अनुसार म्याराथनमा बुद्धविर लामा, बैकुण्ठ मानान्धर,धर्म महर्जनको खेलाडीले सहभागिता जनाएका छन । म्याराथनमा ९ जिल्लाका खेलाडीले सहभागिता भएको छ । जहाजको अनियमितताका कारण विदेशी १४ खेलाडीले भाग लिन नपाएको प्रति उनले दुख ब्यक्त गरेका छन । जुम्ला सदरमुकाम खलंगाको चन्दननाथ मन्दिर अगाडिबाट शुरु भएको म्याराथन चेरे लेक हुदै बुलबुले हुदै रारातालमा गएर सकिने छ । म्याराथन रुटको झण्डै ५ ठाउ“मा चेकप्वाइन्ट राखिएको छ ।

कर्णाली स्पोट्स क्लव २०६४ साल देखि जिल्ला खेलकुद विकास समितिमा दर्ता भइ जुम्लामा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिदै आएको छ । खेलकुदको विकास र सामाजिक तथा बालबालिकाको उत्थानका क्षेत्रमा समेत काम गर्दै आइरहेको क्ल्वले दाबी गरेको छ ।