जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु
जुम्ला ः बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप सूरु भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा संञ्चालन हुने टाइफाइड विरुद्धको खोप कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले उद्धघाटन गरेका हुन ।जुम्ला बजारको प्रशासन अगाडी रहेका ५ जना बालबालिकालाई खोप लगायर खोप अभियान संञ्चालन गरिएको हो ।
त्यहाँका आठवटै स्थानीय तहका १५ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जनस्वास्थ्य कार्यालय जुम्लाका स्वाथ्यनिरीक्षक प्रेम बहादुर सुमाइले बताए ।टाइफाइडको रोग खोपबाट शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार खोप अभियान सञ्चालन गर्न थालिएको हो ।
पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज रोगहरुलाइ ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ । टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत÷वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ ।









