जुम्ला खस सभ्यताकोे इतिहास हो ः ऐमाले अध्यक्ष ओली
जुम्ला ः नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा,संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन । उनले भने, जुम्लको खस इतिहालाई आफ्नो परिस्थिती अनुसार गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता गरे । उनले भने,‘ केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस र सिँजाको विकास गर्न हामी तयार छौ । त्यसको लागी एकआपसमा हातेमालो गरौ । उनले कर्णालीमा मानसरोवर,कैलाश पर्वत, राराताल,कनकासुन्दरी,त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताए ।
उनले मार्सीचामल नेपालको ओरजिनल ब्राण्ड हो । उनले भने सिजामा आएयर मार्सीको भात ,सिमीको दाल हिमानदीका माछा खाएको स्वाद लिएको बताए ।अध्यक्ष ओलीले जुम्ला सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरीगर्न सकिन्छ भनेर आफै पुगेको छु । उनले भने,‘आगामी निर्वाचन पछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौ ।
नजिकै बग्ने हिमा दिनबाट के लाभ लिन सकिन्छ भन्ने बिषयमा समेत गम्भीर चासो राख्नेछौ“ । विद्युत,टेलिफोन टावर,विद्युतको ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन जोड दिनेछौ“ । यो नेकपा एमालेको प्रतिज्ञ हो ओलीले भने । ’
त्यस्तै नेकपा एमाले प्रतिको जनताको आकर्षणले गठवन्धनको सरकारलाई छटपटी भइरहेको बताए । उनले भने,‘अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा देखिएको छ । यिनीहरुको कुनै पार्टीको ठेगान छैन । यो सरकार चाँडै ढल्नेवाला छ ।
जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुनेछैन । त्यसैले आगामी स्थानीयतहको चुनावमा नेकपा एमालेलाई मतदात गरेर समृद्ध नेपाल निर्माण अभियानमा सहभागि हुनुस । ’उनले नेपालको विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताए । बाटो बनाउनुछ । बिजुली बनाउँनुछ । देशलाई औधोगिकरणमा लानुछ । स्वास्थ्य शिक्षा क्षेत्रमा विकास गर्नुछ । अध्यक्ष ओलीले भने,‘समग्र नेपालको विकास एमालेले मात्र गर्न सक्छ ।








