बिरामी वालवालिकाको अवस्था बुझ्न स्थलगत अनुगमन
जुम्ला ःअखाद्य बस्तुको प्रयोगले निजिस्कुलमा अध्यायनरत्त बालवालिका बिरामी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै जुम्लाका सरोकारवालाको ध्यान केदिन्द्रत भएको छ। गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा एकै साथ विरामी परेको समचार बिभिन्न संञ्चार माध्यले छापेका थिए ।
त्यस लगातै जिल्ला प्रशासान ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यलय जुम्ला , उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्ला र नेपाल पत्रकार महासंघले संयुक्त स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेको पाइएको छ । एकै साथ विरामी परेका बालवालिकाले प्रयोग गरेको ट्याङजुस २०२१मा म्याद नागेको तर हाल सम्म बेचिरहेको पाइएको हो ।
गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलमा अध्यानरत बालवालिका मात्रै नभइ सोही वाडामा संञ्चालित त्रिभवन माध्यामिक बिद्यालयका ३ जना बिद्यार्थी समेत बिरामी परेको बिद्यालयका प्रधानाध्यापक अर्जुनजंङ शाहीले बताए। उनले भने,यो बिद्यालयमा अध्यायनरत कक्षा २ र ३का बिद्यार्थी बिरामी परेका हुन ।
त्यस्तै हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले भने यहा २ सय ४० बिद्यार्थी छन । पहिलो दिन कक्षा ३मा पढ्ने ३ जनामात्रै बिरामी परेका थिए । त्यसको भोली पल्ट एकै साथै सबै बिरामी परेको बताए । उनले भने, हामीले अभिभावकलाई बोलायर तत्काल २५ जनाको उपचार गराएको थियौ, बाँकी सबै आफै ठिक भएका हुन । उनले भने,‘त्यही म्याद नाघेको ट्याङजुस खादा त्यहा अध्यायनरत्त वालवालिका बिरामी परेको भन्ने आंसंका हामीलाई लागेको हो । उनले भने,‘ त्यस लगतै प्रत्येक बिद्यार्थीको कक्षा कोठा र झोला हेरर दुई सय बढी ट्याङजुस खाएको खोस्रा संकलन गरेको बताए ।
दर्ता बिना पसल सञ्चालन
गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ नजिकै संञ्चालति ट्याङजुस बेच्ने पसलको कुनै परिचय खुल्ले प्रमाण छैन । सुसिल भण्डारीले संञ्चालन गरेको उक्त पसल दार्ता बिहिन छ । तर त्यही पसलबाट ट्याङजुस किनेको बिरामी परेका बालक शुसान कामी बताउँछन । त्यो पसलको बोर्ड समेत छैन । सुसिल भण्डारीले,जस्तै त्यहा संञ्चाललित झण्डै एक दर्जन पसल दर्ता नभएर संञ्चालनमा छन । त्यहा संञ्चालित सबै पसलमा म्याद नागेको समान भेटिएको छ । यहाँका ग्रमिण क्षेत्रतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नागेका अखाद्य बस्तु बढी पाइने गरेको छ ।
दर्ता गर्न निर्देशन
गुठीचौर गाउपालिका ५मा संञ्चालित सबै पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरै पसल बन्द गरिएका थिए । भने कतिपय पसलको खालीनै थिए । अनुगमन हुदैछ भन्ने खवर पाए लगत्तैसामान पुकायर सपल रितै राखेका थिए । अनुगमन गर्न जार्दा म्याद नागेका समान लुकाउने , अनि त्यही समान उपभोत्तालाई बेच्ने ब्यापारीका कारण धेरै नागरिकको स्वाथ्यमा असर परेको छ । दर्ता बिना नै पसल संञ्चालन भएका पसल बाट म्याद नागेका समान बिक्रिबितरण गरिने गुनासो ब्याप्त छ ।
त्यहा संञ्चालित अधिकांस पसल दार्त बिना संञ्चालित भएकाले तत्काल दार्ता गर्न निर्देशन गरिएको उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यलय प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने ,एक हप्ता भित्रि अनिवार्य रुपमा दार्ता गर्नका लागी पसल संञ्चालकलाई निर्देशन दिइएको छ । एक हप्ता भित्र दर्ता नगरी संञ्चालन गरिएको पाइएका तत्काल बन्द गरिने छ ।
त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले दर्ता नै नभएका पसल अनुगमनको क्रममा भेटिएका छन । जसले गर्दा अखाद्य बस्तु बेच्ने गरेका छन । उनले भने ,यस्ता पसलका कारण सहजै रुपमा नागरिकको भान्सामा अखाद्य बस्तु पुग्ने गरेको छ ।
विरामी विद्यार्थी अबस्था समान्य
हिमाली बोडिङमा बिरामी परेका बिद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बम बहादुर कामीले बताए । उनले भने ,सबै बिद्यार्थी घरमै छन, बिद्यालय आएका छैनन् । सबै अभिभावकलाई बिद्यालयले बैठक बोलाएको छ । हामी बैैठकमा आएका हौ कामीले भने,‘विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको थियो । उनले भने ,‘बिद्यार्थी किन कसरी बिरामी भए भन्ने बिषयमा सबैजनाको अध्यान केन्द्रित भएको छ । कामीले भने,स्कूल नजिकैको कोभिड अस्पतालमा लिएर औषधि खुवाएपछि अहिले सबैको अवस्था सामान्य भएको छ ।
शुद्ध पानी खुवाउन बिद्यालयलाई निर्देशन
हिमाली बोडिङमा अध्यायनरत बालकालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यलय जुम्लाले निर्देशन दिएको छ । त्यहा अध्यायनरत बालबालिका प्वापबाट ल्याएको पानी सिदै खाने गरेका छन ।
नेपालको संविधानले आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधालाई नागरिकको आधारभूत अधिकारको रुपमा प्रयाभूत गरेको भन्दै डाक्टर ईश्वर सुवेदीले यस बिद्यालयले तत्कारल बालवालिकाको लागी खानेपानीको फिल्टर राख्न अनुरोध गरे ।
उनले बालवालिका शौचालय जादा हातधुने धाराको समेत ब्यवस्था गर्न बिद्यालय परिवारलाई सुझाव दिएका छन । उनले बिद्यालयमा सरसफाइको दायरा बढाउन समेत अनुरोध गरेका छन ।बिरामी बिद्यार्थीको अवस्था बुझ्न जाँदा बालवालिका पढ्ने कक्षा कोठा भुलोले भरिभराउ थिए । त्यही धुलो र हातधुने धाराको ब्यस्था नभएका कारणले यस्तो समस्या निम्त्याएको हुन सक्ने अनुगमन टोलिको निष्कर्ष छ ।म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी विरामी परेको भन्ने आशंका भएपनी पानी, र मौसमले पनि यस्तो समस्या देखिएको हुन सक्ने भन्दै डाक्टर सुवेदील पानी परिक्षणको लागी नेपालगञ्ज पठाउने बताएका छन ।














