महासंघको स्थापना दिवस ः जुम्लाका सुत्केरीलाई फलफुल वितरण
जुम्ला ः २५ जना सुत्केरीलाईलाई फलफुल वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस अवसरमा फलफुल वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सुत्केरी वाडमा फलफुल वितरण गरिएको हो ।
त्यस्तै जुम्ला जिल्लामा संञ्चालित बिभिन्न संञ्चारमाध्यममा कार्यरत्त पत्रकारहरुको उपस्थितिमा अस्पतालका २५ जना सुत्केरीलाईलाई फलफुल वितरण गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र शाहीले बताए ।उनका अनुसार महासंघले जिल्ला स्थित पत्रकारहरुको विचमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । उनले भने,‘ नेपाल पत्रकार महासंघ पत्रकारको छातासंगठन हो ।
पत्रकार महासंघ जुम्लाको हलमा गरेका कार्यक्रमको बारेमा जानकारी र पत्रकारहरुको आफ्नो हक अधिकार तथा जिल्लामा मिडियाको अवस्था बिषयमा वहश र छलफल गरेको छ ।महासंघको स्थापना दिवसमा अवसरमा अध्यक्ष शाहीले जुम्लामा उर्वर रुपमा उदाईरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको अधिकारको बिषयमा महासंघको पहिलो प्रथामिकता हुने बताए । पत्रकार महासंघ जुम्लाले एक बर्षमा प्रेस शिविर गरेर प्रेस पास वितरण, २ वटा क्षमता अभिबृद्धि तालिम, कोभिडमा आईसुलेशन सेन्टर निर्माण, कोभिडमा माक्स सेनिटाईजर बितरण महासंघमा सूचना केन्द्र स्थापनाको शुरुवात, सहित विभिन्न काम गरेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघले कोरोनाको बिचमा महिलाका सवाल, वालवालिकाका सवाल, मानव अधिकारका सवाल, विमानस्थलको सवाल, विपतको सवाल, यातायातको सवाल सहित सामाजिक सवालमा उठाउदै आएको छ । अध्यक्ष शाहीले भावी योजना पत्रकारको क्षमता अभिबृद्धि गर्ने, पत्रकार सम्मान कोष स्थापना गर्ने, सूचनालाई थप सजिलो बनाउन पहल गर्ने, पुस्तकालय स्थापना गर्ने, सूचना केन्द्र स्थापना गर्ने, महासंघको भवन मर्मत तथा बिस्तार गर्ने कार्यक्रम रहेको बताए ।
त्यस्तै स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले महासंघले सामाजिक काम गरेको देख्दा खुशी लागको बताए । उनले स्थापना काल र यूद्ध कालमा थोरै पत्रकारहरुले कठिन परिस्थितिमा महासंघको जन्म भएको भन्दै अव थप राम्रो गर्दै जानुपर्नेमा शुभकामना दिए।
त्यस्तै महासंघका पूर्वध्यक्ष भिम कसिंगरले पत्रकारिता क्षेत्रमा खोजमुलक पत्रकारिता जोड दिनुपर्ने बताए । उनले जुम्लाका पत्रकारले समाचार र सूचनालाई भिन्नता गरेर समाचार संकलन गर्नुपर्नेमा जोड दिए ।त्यस्तै प्रेस सेन्टरका अध्यक्ष धनबहादुर बुढाले महासंघ र संचार माध्यामको सहकार्य थप बलियो हुनुपर्ने बताउदै पत्रकारहरुलाई क्षमता विकास तालिम दिनुपर्ने बताए । भ्रष्टाचार , लगायत सुसानका क्षेत्रमा काम गर्ने पत्रकार असुरक्षित भएको बताए । उनले भने, आगामी दिनमा पत्रकारको सुरक्षाको लागी महासंघले वकालत गर्नु पर्ने बताए ।










