छात्राहरुमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानकर्षण

जुम्ला ः शिक्षालयमा अध्यायनरत छात्राहरुमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक बिद्यालयमा अध्यायनरत छात्राहरु यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरू माथि यौन हिंसा भयो ।

त्यस्तै विधालयमा पनि किशोरीहरु सुरक्षित छैनन् । यसै बीच शिक्षालयका छात्राहरुमा हुने यौन हिंसा न्युनिकरण गर्न माग गर्दै अखिल ( क्रान्तिकारी ) को छात्रा विभाग द्दारा जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानकर्षण गराईएको छ ।
छात्रा विभागकि प्रमुखलाई सावित्री अधिकारीले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई लाई ध्यानकर्षण पत्र बुझाईएको हो ।
उक्त ध्यानकर्षण पत्रमा भनिएको छ,”पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् ।
सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । छात्राहरुमा हने हिंसा न्युनिकरणमा प्रहरी प्रशासनको विशेष ध्यान जावस ।”
एमसिसि जस्तो राष्ट्रघाती सम्झौता सजिलै सदनबाट पास गर्ने फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश –२०७७” पास नगरि दोषीलाई सजायबाट उम्काउन लागेको भान भएको छ ।

आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ स्थानीय तहदेखि तीनै तहमा ठोस नीति बनाउनु पर्ने र अपराधीहरूमाथि कडा भन्दा कडा कार्वाहीको माग गर्न ध्यानकर्षण गरिएको छ ।

क्रान्तिकारी सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार माग गरिएको छात्रा विभाग प्रमुख अधिकारीले उल्लेख गरिन् ।छात्राहरुमा हुने हिंसा रोक्न प्रहरी प्रशासन प्रतिबद्द रहेको प्रजिअ विजयाकुमारी प्रसाईले बताईन् ।