भौतिक पूर्वाधार मन्त्री रोकाया योजना अनुगमन गर्न गृह जिल्लामा

जुम्ला ःकर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया जुम्लामा संञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुदै जुम्ला पुगेका छन् । चैत दोस्रो उनी एक सातादेखि प्रादेशिक मन्त्रालयबाट संञ्चालित योजनाहरुको प्रभावकारी भएन भएको बिषयमा अनुगमन गरेका हुन ।

मन्त्रालयबाट कार्यालयमार्फत कार्यान्वयनमा रहेका भौतिक पूर्वाधार र सहरी विकाससम्वन्धीका लागि योजना अनुगमन गर्न कालिकोट र हुदै जुम्ला पुगेको कर्णाली सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए ।२÷३ देखि जुम्लाको सिंजा भेगमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका छन् ।

तिनै पालिकामा सञ्चालनमा रहेका विकास निर्माणका लागि अनुगमन गर्ने क्रम जारी रहेको मन्त्री रोकाया निजि सचिव अमर रोकायाले बताए । आवश्यकता अनुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रोकायाले बताए । उनले भने कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्ड पीच गर्नका लागि १ अर्व २० करोड बजेट व्यवस्थापन भएको छ ।

नाग्मदेखि गोठीजूला सम्म एक वर्षमा सडक पीच हुने भएको छ ।यस्तै सिंजा भेग उज्यालो गर्नका लागि राष्ट्यि प्रसारण लाइन जडान गर्नुका साथै साना लद्यु जलविद्युत आयोजनाको निर्माण कार्य पनि थालनी गरिने उनले बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाया जुम्लाको सिँजा भेगमा पर्ने कनकासुन्दरी गाउँपालिका– ७, रोकायाबाडामा २०१० मा जन्मेका हुन् । मन्त्री भएको पहिलो पटक गृह जिल्लामा पुगेपछि भव्य स्वागत पनि जनस्तरबाट गरिएको छ । मन्त्री रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् ।

०३६ सालमा रोकायाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट राजनीतिक यात्रा सुरु गरेका थिए । ०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति बनेका रोकाया ०४४ को पञ्चायत चुनावमा पञ्चायतको विरुद्धमा उम्मेदवार भई उपप्रधानमा निर्वाचित भए । ०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया ०४७ मै नेकपा एमाले जिल्ला कमिटी सदस्य बने ।
एमाले जिल्ला कमिटीमा लगातार सचिवालय सदस्य हुँदै ०६५ मा पार्टी जिल्ला उपाध्यक्ष बने ।रोकाया ०६४ मा एमालेको तर्फबाट तत्कालीन जिविस बोर्ड सदस्यसमेत बनेका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवारको बन्द सूचीमा अटाएका थिए । रोकाया दोस्रो संविधानसभा निर्वाचन ०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसवेला उनी कांग्रेसका ललितजंग शाहीसँग पराजित भएका थिए ।

०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं. ख बाट प्रत्यक्ष उम्मेदवार भई नेपाली कांग्रेसका भीमनिधि हमाललाई दोब्बर मतले हराउँदै रोकाया विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका रोकाया नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।