धौलिगाड खानेपानी सबैको घरघरमा पुग्ने ः सांसद भण्डारी
जुम्ला ः कर्णालीका पूर्वमन्त्री तथा प्रदेश सांसद नरेश भण्डारीले कर्णाली प्रदेशको गौरवको आयोजना धौलिगाड खानेपानी सबैको घरघरमा पुग्ने बताए । जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका सहित सबैको घरघरमा पुग्ने बताए । उनले भने, तत्काल एक हजार दुई सय घरधुरी लाभान्वित हुने छन । सांसद नरेश भण्डारीले धौलिगाड खानेपानी कर्णाली स्वास्थ्य विज्ञान पछिको अर्को विकासको आयम भएको बताए । उनले १२ हजार धारा चन्दननाथ, तातोपानी र तातोपानीमा अढाई बर्षपछि झर्ने योजना हो । यो पहिलो चरणको काम अगाडि बढि सकेको र दोस्रो चरणको काम अघि बढ्ने भएकाले जुम्ली जनताको खुशीको दिन हो ।
भण्डारीले भने,‘ उनले धौलिगाड संसारकै सवैभन्दा उचाईको खानेपानी आयोजना हो । यो पानी धारा बनेर सबैका घरघरमा पुग्ने छ । अनि बोतल बनेर सबै पाटी पौवामा पुग्ने छ । भण्डारीले यो आयोजना गिनिजबुकमा नाम लेखाउने तयारी भइरहेको छ । त्यो सपनाअ पुराभएको खण्डमा ससंसारको कुना कुनामा पुग्ने छन ।यसको लागी विशेष सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ ।
त्यस्तै आयोजनाको नेपाल सरकारका संघीय खानेपानी तथा सिचाइ मन्त्री उमाकान्त चौधरीले गरेका छन ।जुम्लामा धौलिगाड आयोजनाको सिलान्यास गर्न आएका मन्त्री उमाकान्त चौधरीले यो आयोजनाले अढाई बर्षमै लक्षित घरमा पानी खुवाउने प्रतिवद्धता गरे । खानेपानी मन्त्री चौधरीले आयोजनाको स्मार्ट योजना बनिसकेको भन्दै निर्धारित समयमा घरघरमा खानेपानी पुरयाउन मन्त्रालयका सचिव र खानेपानी विभागका महानिर्देशकलाई निर्देशन समेत दिए ।
उनले खस सभ्यताको जननी, अर्गानिक जिल्ला, विश्वको उच्च स्थानमा धान फल्ने ठाउँको भविश्य धेरै भएकोमा गर्भ लागेको बताए । उनले भने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्ययक अगाडि बढाउदाको स्मरण गर्दै तत्कालिन समयमा जुम्लाका संविधानसभा सदस्य नरेश भण्डारी सहित सवैलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै पूर्व मन्त्री दिनवन्धु श्रेष्ठले धौलिगाड आयोजना जुम्लाको विकासको अर्को फड्को मारेको भन्दै यसमा सघाउने नेपाल सरकार सहित सवैलाई धन्यवाद ज्ञापन गरे । खानेपानी तथा सिचाई मन्त्रालयका सचिव सूर्य आचार्यले अढाई बर्षमा लक्ष्य अनुसार पानी ल्याउन काम गर्ने प्रतिवद्धता गरे ।उनले नेपालको हिमाली क्षेत्रको गौरवको आयोजना मध्य एक भएको भन्दै यसको विविधता, मौलिकता र सम्भावनाको भरपुर प्रयोग मन्त्रालयले गर्नेमा जोड दिए ।
आयोजनाबाट नौ हजार एक सय आठ घरधुरी लाभान्वित हुने
त्यस्तै यस आयोजनाबाट चन्दननाथ नगरपालिकाको १–१० वडा, गुठीचौर गाउँपालिकाको ३–५ वडा र तातोपानी गाउँपालिकाको १–६ वडा गरी नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुनेछन् । योजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने बताए ।
त्यस्तै आयोजना प्रमुख न्यौपानेका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन इस्टिमेटमा उल्लेख गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ । संस्थागत तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने
उहाँका अनुसार आरसिसी गरिएको पानी भण्डारण ट्यांकी तीन सय घनमिटरको एउटा, १५० घनमिटरको एउटा, १२५ घनमिटरको दुईवटा, एक सय घनमिटरको दुईवटा, ७५ घनमिटरको तीनवटा र ५० घनमिटरको चारवटा बन्ने डिजाइन इस्टिमेटमा उल्लेख छ ।
त्यस्तै, पानी वितरण गर्ने ट्यांकी नौवटा, क्लोरिनेसन प्रणाली १३ वटा र प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन्। भल्व राख्ने संरचना ९पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने० ६२ वटा बन्नेछन्। हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ । आयोजनाको स्थानीय अपनत्व एक प्रतिशत स्थानीय सरकार चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लगानी समेत गरेको हो ।









