बिश्व उपभोत्ता अधिकार दिवस ःसबै कार्यलयमा अर्गानिक खाजा खुवाउने निष्कर्ष
जुम्ला ः स्वच्छ र पोषिलो खानाले हाम्रो शरीरमा आवश्यक पोशाक तत्त्वहरू प्रदान गरी रोग प्रतिरोधी क्षमता बढाउने जसले कोभिड महामारी लगायतका विभिन्न रोगसँग लड्ने क्षमता सुद्रिढ गर्ने हुनाले आजको दिनमा यस विश्व खाद्य स्वच्छता दिवसको सान्दर्भिकता अझ बढेको जुम्लाका सरोकारवालाले बताएका छन ।
नेपालमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मुख्य मुख्य समस्याहरु म्याद गुज्रेका, लेवल विवरण पुरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या पनि प्रसस्तै देखिन्छन् ।
त्यसैगरी, खाजा घरहरुमा बचेको तेल(घिउलाई पटक पटक प्रयोग गर्ने गरेको पनि देखिन्छ । त्यस्तै, जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी समस्या पनि बजारमा सुन्नामा आउने गरेका छन ।
त्यस्तै उपरोक्त समस्याहरु केही जानी जानी त केही अन्जानमा वा हेलचेक्राइका कारणले हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले बताए । उनले भने,“उपरोक्त समस्या समाधानका लागि उपभोक्ता स्वयम सचेत हुन आश्यक रहेको छ । उनका अनुसार खाद्य ऐन मात्रै बनायर हुदैन, स्थानीयस्तरमा भेला, सूचना संदेश, सचेतनाका कार्यक्रममा प्रचार प्रसार, गर्न जरुरी छ ।
डाक्टर सुवेदीले भने,“खाद्य पदार्थको उपभोगले तत्कालिन वा दीर्घकालिन रुपमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असरको बारेमा बुझनु पर्छ । यसको बारेमा जानकारी हाम्रो दायित्व पनी हो । यो जनस्वास्थ्य सम्बन्धी बिषय पनि हो
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकार बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयमा अर्गानिक खाजा खुवाउन निर्देशन गरिन ।विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाएको खण्डमा यहाको उत्पादनले मुल्य पाउने समेत बताइन ।
बजारको खाजाले स्वास्थ्यमा असर हुने भएकाले सकभर कार्यक्रमहरुमा जिल्लाकै अर्गानिक खाजामा जोड दिन सबै सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरिन । जिल्लाका होटलहरुमा स्तरीकृत गर्न समेत आवश्यक रहेको छ प्रजिअ प्रसाईले भनिन्,“स्तरिकृत गरेमा राम्रो होटल र सेवाको प्रतिस्पर्धा हुने छ । प्रजिअ प्रसाईले यो बर्ष बजार अनुगमनको कामलाई तिब्र बनाईएको र एक बर्षमा दुईलाख ४८ लाख छ सय ८९ रुपैयाको मिति नाघेको खाद्य सामग्री नष्ट गरिएको छ ।
त्यस्तै जुम्ला जिल्ला अर्गानिक जिल्ला घोषणा भईसकेको लामो समय भइसकेकाले जिल्ला यहाँको उत्पादनको खाजा तथा खानामा खुवाउन सकेको खण्डमा किसानको आर्थिक स्तर बढने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।
त्यस्तै उपभोक्ताका ८ वटा आधारभुत अधिकारहरु सुरक्षा, सचित, छनौट, सुनुवाई, उपभोक्ता शिक्षा, क्षेतिपुर्ति, आधारभुत आवश्यकतामा पहुच र स्वस्थ्य तथा स्वच्छ वातावरणमा पहुँच रहेको छ।नागरिक समाज जुम्लाका अध्यक्ष महतले उपभोक्ता अधिकारका बिषयमा धेरै ऐन निर्माण भएका तर कार्यान्वयन गर्न कठिन भएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सर्वसाधारण नागरिकको स्वास्थ्य सुविधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट विरुद्ध जनचेताना जगाउन खाद्य प्रविधी तथा गुण नियन्त्रण डिबिजन कार्यलयले ग्रमिण स्तरमा जनचेतना अभियान शुरु गर्न आबश्यक छ । उनले खाद्यका प्रत्येक चरणमा हुनसक्ने सम्भावित जोखिमलाई कम गर्दै खाद्य जनित रोगबाट उपभोक्तालाई जोगाउन सबै पक्षलाई प्रेरित गर्नु नै यस दिवसको मुख्य उद्देश्य भएको बताए ।उत्पादनदेखि उपभोगको चरणसम्म सरोकारवालालाई जिम्मेवार बनाउंनु नियमन गर्ने निकायको जिम्मेवारी भएको बताए ।
त्यस्तै किसान रामकृष्ण बुढ्थापाले अर्गानिक जिल्लामा जैविक मल उत्पादन कमी भएर चुनौति भएको बताए । उनले अर्गानिक जिल्ला घोषणा भएपनि अझै किसानका लागी कुनै आधार तयार भएको छैन । पछिल्लो समय उपभोक्ता अधिकारका बिषयमा वहश चर्चा भईरहेपनि ग्रामिण क्षेत्र क्षेत्रमा यस्ता कार्यक्रमा पुग्न नसकेको बताए ।
विश्व उपभोक्ता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन जुम्लाले खाद्य स्वच्छता सम्बन्धी बनेको ऐन र अखाद्य बस्तुको प्रयोगले उपभात्ताको स्वास्थ्यमा पर्ने असरको बारेमा कार्यपत्रको प्रस्तुतीकरण गरेको थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयको आयोजना र जिल्ला प्रशासन जुम्लाको समन्वयमा सुरक्षित र समावेसी बिधुतिय कारोबार उपभोक्तको अधिकार भन्ने मुल्नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ ।










