भेरी नदीमा तीन बालबालिका बेपत्ता, खोजी जारी

र्खेतकाो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–११, रानीबगरका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा शनिबार नुहाउने क्रमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनका अनुसार नदीबाट हराएको सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय छिन्छु, ईप्रका लेकबेंसी र रामघाट चौकीबाट खटिएका प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले भेरी नदीका दुवै तिरबाट हराईरहेका बालबालिकाहरुको खोजी कार्य जारी रहेको छ ।

शनिबार साँझदेखि राती अबेरसम्म भेरी नदीका दुबै किरानातर्फ हराएका बालबालिकाको खोजी गरिएपनि हालसम्म फेला पार्न नसकिएको घर्तीमगरले जानकारी दिए ।

हराएका बालबालिकाहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर समेत प्रयोग गरिने योजना रहेको प्रहरीले जनाएको छ ।