जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भागलिन भारत जादै

जुम्ला ः जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन । भरतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन ।२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री च्यामयिएम सिप प्रतियोगितामा भाग लिन जुम्लका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा काठमाण्डौ हुदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ । जुम्लाका चार खेलाडीलाई जिल्लाबाट विदाई गरेको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले बताए । एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाण्डौ हुदै भारतको नागल्याण्डमा जादै छन ।
सहसचिव सुनारका अनुसार बन्धना बुढा सिनियर र अन्य तिन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् । उनले भने,खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ । बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले संयुक्त दोसल्ला र अविरले विदाई गरेका छन ।
विधाई कार्यक्रममा खेलाडीहरुलाई अग्रिम शुभकामना समेत दिईएको छ । महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडिहरु जन्माउनुका साथै खेलाडीहरुले जुम्ला र नेपालको नाम शिर उचो हुने गरि जित हाशिल गर्ने गरेकाले भारतमा जाने खेलाडीलाई पनि अग्रिम बिजयको शुभकामना दिए ।
त्यस्तै चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले भारतमा पनि नेपालको ईतिहास कायम गर्ने जित हाँसिल गर्न अनुरोध गरे। विदाई कार्यक्रमा अन्तराष्ट्रिय धाविका सुनमाया बुढा समेत सहभागि थिइन ।








