तातोपानीका ७० वर्षमाथिका जेष्ठ नागरिकलाई कम्बल बितरण

जुम्ला ः तातोपानी गाउपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कम्बल बितरण गरिएको छ । जनता सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत २सय ९५ जना ७० वर्ष माथीका ज्येष्ठ नगारिकलाई न्यानो कम्बल बितरण गरिएको हो ।
उपाध्यक्ष गंगादेवी उपाध्यायले गाउँपालिका भरीका ७० बर्ष माथीका पाँच सय जना ज्येष्ठ नागरिकलाई न्यानो कम्वल वितरण गर्ने कार्यक्रम रहेको छ । जसमध्य शनिवार सम्म २९५ जनालाई वितरण गरिसकिएको छ ।
जनता सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर एकमा ५७ जना, दुई नम्ब ७३ जना, तीन नम्बर ५७ जना, पाँच नम्बरमा ६२ जना, छ नम्बर ३६ जना ज्येष्ठ नागरिकलाई चिसोको सिजनमा कम्वल वितरण गरिएको हो । उपाध्यक्ष गंगा देवी उपाध्यायका अनुसार ४ नम्बर वडाका ९५ जना ज्येष्ठ नागरिकलाई वितरण कार्यक्रम रहेको छ । उहाँले वडानम्बर ७ र ८ मा समेत वितरण गर्ने तयारी भईरहेको छ ।
अन्तराष्ट्रिय महिला दिवस पछि भेरी खोला क्षेत्र वडा नम्बर ७ र ८ का ज्येष्ठ नागरिकलाई न्यानो कम्बल बितरण गर्ने तयारी भईरहेको छ । जुम्लामा अहिले पनि चिसो कायममै छ । चिसोको सिजनमा कम्बल पाएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् ।
तातोपानी गाउँपालिका वडा नम्बर ३ का ज्येष्ठ नागरिक तुले रावलले उपाध्यक्षलृ गरेको यो कार्यले जेष्ठनागरिकलाई सम्मान मिलेको बताए । त्यस्तै अर्का ज्येष्ठ नागरिक नन्दप्रसाद अधिकारीले स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि न्यानो कपडा बितरण कार्यक्रमले खुशी बनाएको बताए । कम्बल बितरण कार्यक्रम स्थानीय वडा सरकारको समन्वयमा गरिएको छ ।