बलात्कार आरोपित मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

जुम्ला ः बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगु जिल्लाका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् ।
माघ १९ गते नेपालगञ्जको एक होटलमा बलात्कार गरेको भन्दै सांसद बानियाँ विरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिईन् ।
बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी समेत गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौ भन्दै आलटाल गरिरहेको पिडित महिलाको गुनासो छ ।
पिडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भएपनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मुकदर्शक बनेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बाँनियालाई चाडो भन्दा चाडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भएपनि प्रहरीले आलटाल गरेको पिडित पक्षको भनाइछ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १÷२ दिन भित्रै पक्राउ गरिने बताए । पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरी समक्ष उपस्थित हुन्छु भनेका थिए । एसपी अधिकारीले भने,“सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो । बाँकेबाटै प्रहरीको टोली परिचालन गरिएको छ । अबको १÷२ दिनभित्रै पक्राउ गर्छौ भन्दै आसपासन दिइएका छन ।