कुन्जाङ पुटिक तामाङ उत्कृष्ट उद्योमी
जुम्ला ः चन्दननाथ नगरपालिका २ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी पुस्कार पाएकी छन । उनी जुम्ला जिल्लाबाट उत्कृष्ट उद्यमी बनेकी हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत गरेको छ । तामाङले लामोसमय देखी तामाङलेझोला तथा राडी पाखी उद्योग सञ्चालन गर्दै आएकि छन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रकृष्णा देवकोटाले भने यस कार्यालयले गरेको अध्ययनमा उनको उद्योग जिल्लाकै उत्कृष्ट भएको छ । उनले भने,“कुञ्जाङलाई एक लाख रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । पुरस्कार स्वरुप प्रदान गरिएको रकम कुञ्जाङको खातामा जम्मा भइसकेको छ ।प्रमुख देवकोटाका अनुसार जिल्लामा धेरै उद्योग दर्ता भएका छन । अधिकांस उद्योग सञ्चालनमा छैनन । सञ्चालन भएका उद्योग मध्ये कुञ्जाङको उद्योग उत्कृष्ट भएको हो ।
कुञ्जाङलाइ जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्याृग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कुञ्जाङ पुटिक तामाङले झोला,राडीपाखी, गलबन्दी,मोजा,लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन । उनले उत्पादन गरेका समाग्री जिल्ला तथा प्रदेश स्तरमा हुने प्रदर्शनी तथा मेलामा समेत सहभागि गरेका छन । उनले भनिन् उत्पादन गरेको सामाग्री देश तथा विदेश सम्म पुगेको छ ।
पुरस्कारको लागि ६ जनाको आवेदन परेको थियो । जसमध्ये उत्पादनमा गुणस्तरीयता,बजारीकरणमा सुलभता,लगनशिलता,धैर्यता र उत्पादन मुखी उद्यामी भएकोले उत्कृष्ट पुरस्कार जित्न सफल भएको कार्यालय प्रमुख देवकोटा बताउँछन ।
उनले उद्यमी प्रोत्साहन कार्यक्रमको छनौट गर्दा नाताबाद र कृपाबादको अन्त्य गरेर कामका आधारमा वितरण हुनु पर्नेमा जोड दिए । उत्कृष्ट उद्यमी छनौट गर्दा कर्णाली प्रदेश सरकारले बनाएको मापदण्डको पालना गरिएको थियो । उनले भने,‘जुन उद्यमीले राम्रो काम गरेको छ । त्यही उद्यमीको उत्साह बढाउने काम गर्नु कार्यालयको दायित्व हो । यो पटक जुम्लाको उत्कृष्ट उद्यमी कुञ्जाङ बनिन् । ’
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले अनुदानका लागी खोलिने उद्योगले व्यवसाय प्रभावकारी नहुने बताए । उनले भने,“ जसका कारण उत्पादनमुखि व्यवसायले बजार लिन नसकोको बताए । उनले भने,‘अनुदानमा पहुँचवालाको हालीमुहाली
सरकारले कृर्षि लगायतका क्षेत्रमा अनुदान दिने भएपछि उद्योग खोल्नेको संख्या बढेको छ ।
अनुदानमा पहुँचवालाको हालीमुहाली
साना व्यवसायीले अनुदान पाउने संभावना पनि छैन । त्यही भएर साना व्यवसाय प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउनु जरुरी छ । अनिमात्र सरकारी कार्यक्रमले सार्थकता पाउने उद्योष्बाणिज्य संघका उपाध्यक्ष पुरिचन्द देवकोटाले बताए । उनले भने,“कुञ्जाङले सञ्चालन गरेको उद्योग कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ । अहिले साना व्यवसायीले इमान्दारपुर्वक सरकारलाई राजश्व तिरिरहेको स्मरण गराउँदै ठुला व्यवसायीले कर छलेको बताए ।
उद्योग बाणिज्यसंघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले जिल्लामा चार देखि पाँच हजार उद्योग दर्ता भएकोमा सबै ओझेलमा परेको बताए । स्थानीय उद्योगलाई बढवा नदिनु,कागजमा मात्र उद्योग दर्ता गर्नु र बाहिरका बजार संग प्रतिश्पर्धा गर्ने माहोल नहुनुले यहाँका उद्योग विस्थापित हुदै गएको बताए । उनले भने,‘स्थानीय उद्योग पनि राम्रो संग चल्न सकेका छैनन । सरकारी अनुदान पनि स्थानीय साना उद्योग केन्द्रीत छैन । बजारमा कच्चा पदार्थ सहज रुपमा पाइदैन ।
उद्योमीलाई सम्मान गर्ने कार्यले हौसला बढ्दै
जुम्ला जिल्लामा संञ्चालन भएका साना तथा माँझैला उद्योगलाई अध्ययन गरेर उत्कृष्ट उद्यमी छनौट गर्ने कार्यले उद्योमीलाई थप हौसला बढेको कुञ्जाङ पुटिक तामाङले बताइन । ,उनल भनिन,‘छनौटमा पारदर्शीता अपनाएकोले कुञ्जाङलाइ न्याय भएको अनुभुति भइरहेको छ ।
’उद्यमी कुञ्जाङले कडा मेहनतका साथ उद्योग सञ्चालन गरेको स्मरण गराइन् । उनले सानो लगानीले उद्योग सञ्चालन गरेको भएपनि अहिले लगानी बढ्दै गएको बताइन । यो पटक उत्कृष्ट उद्यमी भएर पुरस्कृत हुँदा हौसला थपिएको उनको भनाईछ । उनले दुई बर्ष देखि कोरोना महामारीले लकडाउन भएकोले उत्पादित सामाग्री बजारमा लैजान नसकेको दुखेसो पोखिन । उनले २०६४ साल देखि उद्योग सञ्चालन गरेकी हुन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले कुञ्जाङलाई जुम्ला जिल्लाको तर्फबाट उत्कृष्ट उद्योमीको रुपमा कर्णाली प्रदेशमा सिपारिस गरेको छ । प्रमुख श्रकृष्णा देवकोटाका अनुसार कर्णालीका प्रत्येक जिल्लाबाट एक उत्कृष्ट उद्योमी छानोट गरेर प्रदेशलाई सिपारिस गर्ने जिम्मा छन । कुञ्जाङ कर्णाली प्रदेशबाट उत्कृष्ट बनेको खण्डमा दुइ लाखको नगद पुरुस्कार पाउने छन ।










