शंकु खत्रीले गरे ३२ हजार बर्गमिटरमा स्याउ र ओखर खेती


जुम्ला ः चन्दननाथ नगरपालिका वडा नम्बर १० निवासी शंकु खत्रीले ३२ हजार बर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन । उनले स्याउ र ओखर बर्षेनी ८० लाख रुपियाँ बढिको आम्दानी गरेका हुन । किसान खत्रीले स्याउ, ओखर र खोखरका विरुवाबाट मनग्य आम्दानी गर्दै आएका छन । उनले यस बर्ष ७७ लाखको ओखरको विरुवा बिक्री तथा तिन लाख बढीको ओखर उत्पादन गरेको बताए । यस्तै ३ लाख बराबरको स्याउ उत्पादन गरेर बिक्री गरेका हुन । खत्री जुम्लाका एक उदारणीर्य किसान हुन ।
यस अघि स्याउ व्यवसायको रुपमा व्यवसाय शुरु गरेका किसान संकु खत्री पछिल्लो समय ओखर व्यवसायमा अब्बल भएको छन । विभिन्न जातका ओखरहरुको उत्पादन गरेर बर्षेनी लाखौ आम्दानी गर्ने गरेको बताए । विरुवा उत्पादन, फल उत्पादन सहित नेपाली बजारमा ओखर तथा स्याउ पुरयाउने उनको लक्ष्य रहेको छ ।

३२ हजार बर्गमिटरमा स्याउ र ओखर खेतीको बगैचा फैलाएको छ ।सोही बगैचाभित्र स्याउ तथा ओखर उत्पादन गर्ने थलाको रुपमा स्थापित गरिएको छ । किसान खत्री भन्छन,“वुवाको नाममा एक कित्ता जग्गा थिएन, दुई कित्ता जग्गा माते खेत खान्थ्यौ तर अहिले ६७ कित्ता जग्गा स्याउ र ओखरबाटको आम्दानीले जोड्न सफल भएको छु । उनले यहि खेतीबाट नेपालगंजमा ७ लाखमा जग्गा किन्न छोरीलाई समेत सहयोग गरेको बताए ।
१८ हजार ग्राफ्टिङ ओखरका विरुवा उत्पादन
खत्रीको बगैचामा यो बर्ष १८ हजार ग्राफ्टिङ ओखरका विरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति विरुवा सात सयका दरले रु ७७ हजारको बिक्री भईसकेको उनले बताए । ग्राफ्टिङ ओखरका विरुवा अहिले सरकारी दर सात सय रुपैया छ ।
खत्रीका अनुसार एक हजार चारसय बुटा ओखर रोपेकोमा तीन सय विरुवा फल्न थालेको छ । यस बर्ष ६ हजार पाँच सय दाना ओखर फलेको थियो । जसबाट करिब ६ लाख आम्दानी भएको छ । भिरालो जमिनलाई स्याउ र ओखरका विरुवाले जमिनलाई झन बलियो बनाउने बताए । जम्मा पाँच सय स्याउ विरुवा लगाएकोमा तीन सय स्याउ फलिरहेका छन् ।

राष्ट्रिय अन्तराष्ट्रिय स्तरको पुरस्कार

किसान खत्रीले राम्रो स्याउ उत्पादन गरेवापत राष्ट्रिय अन्तराष्ट्रिय स्तरको पुरस्कार बाट पुरस्कृत हुनु भएका छन । वि.स. २०७२ सालमा नेपाल सरकारकले विराटनगरमा सम्पन्न नवौ राष्ट्रिय कृषि मेलामा उत्कृष्ट स्याउ किसानको रुपमा पुस्कृत भएका हुन । यसैगरी मध्यपश्चिम क्षेत्रिय कृषि निर्देशनालायबाट प्रथम राष्ट्रपति उत्कृष्ट किसानको रुपमा छनौट देखी जिल्लामा पनि विभिन्न पुरस्कारहरु पाएका छन् ।
ओखरको अनुसन्धान
किसान खत्रीले आफ्नै बगैचामा स्याउ तथा ओखरको थप अनुसन्धान थालेका छन । उनले ओखरमा ग्राफ्टिङ गर्ने विधी देखी जिल्ला वाहिर भएका ओखरका विरुवा रोपेर फल फलाउनु भएको छ । यस्तै जुम्लामा ३ बर्ष यता ईटालीबाट ल्याएका स्याउ विरुवा रोपेर स्याउ उत्पादन हुन थालेको छ ।
उत्पादन बढाउन निशुल्क विरुवा वितरण

खत्रीले आफले उत्पादन गरेको ओखरका बिरुवा किसानलाई निशुल्क बितरण गरिएको छ । खत्रीले शुक्रवार आफना स्वगिय कर्ण जित खत्रीको जन्मदिनको सम्झनाका रुपमा जुम्लाका २० जना किसानलाई पाँच पाँचवटाका दरले ओखरका माउबोट विरुवा वितरण गरेका छन । प्रति विरुवा सात सयको दरले प्रति किसानलाई तीनहजार पाँच सयको विरुवा वितरण गरिएको छ । आफुले अनुसन्धान गरेको विरुवा जिल्लाभरी फैलाउन र किसानको जीवन यापन स्तरबृद्धि गर्नका लागी बिरुवा दिइएको बताए ।
व्यवसायिक रुपमा किसान खत्री अब्बल भएपछि स्याउ बगैचामा बिज्ञ सहितको सरोकारवालाको टोली जाने गरेको छ । शुक्रवार किसानलाई निशुल्क विरुवा वितरण तथा अवलोकन गर्न पुगेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले किसान खत्री जुम्लाका एक नमुना किसान बनेको बताए। उनले भने खत्रीबाट लगानी र मिहिनेत सवै किसानले सिक्नुपर्ने बताए ।