३ सय ७५ जना स्याउ किसानलाई बगैचा ब्यवस्थापन सिप

 


जुम्ला ः जुम्लाका स्याउ किसान यति बेला बगैचा ब्यवस्थापानमा ब्यस्त छन । चन्दननाथ नगरपालिका ३की किसानबाटुल्ली सार्कीले आफ्नो एकसय स्याउ विरुवा भएको बगैचा काटछाट व्यवस्थापन गरिन । उनले भनिन, यो समयम स्याउको नयाँ विरुवा रोप्ने र बगैचा ब्यवस्थापनको समयम हो ।
हामी धेरै किसानलाई प्रराविधिक ज्ञान छैन । सार्कीले भनिन् यस पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागी बगैचामा तालिम दिएको छ ।यस कारणले धेरै स्याउ किसानले उपलब्धी मुलक भएको महशुस गरेका छन।
उनले यस अघिका वर्षहरुमा कृर्षि सम्बन्धीका धेरै कार्यक्रम ठ्ुला होटलमा हुने ब्यवारिब अभ्यास नहुने गरेको तितो अनुभव सुनाउदै, जुम्लाका किसानलाई स्याउ बगैचा भित्रै बगैचा व्यवस्थापन तालिम अभियान प्रभावकारी भएको छ ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले यस पटक किसानहरुका .बगैचामै गएर तालिम दिईएको हो ।

यस कार्यलयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० वटा स्थानका स्याउ किसानलाई तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यलय प्रमुख गंगा पोख्रेलले बताइन । उनले भनिन् यस अघि कालिकोटको रासकोट र तिलागुफा नगरपालिकामा ५ वटा तालिम दिएको छ ।
किसानलाई रोगकिरा ब्यवस्थापना ,बगैचा व्यवस्थापन तथा काटछाट व्यवहारिक तालिम दिईएको हो उनले भनिन,“एक ठाउमा २५ जनाका दरले ३ सय ७५ जना किसान यस बर्ष बगैचा व्यवस्थापन सम्बन्धी सिप सिकाइएको छ । स्याउ किसानलाइ स्याउका विरुवा कसरी लगाउने ,काटछाट कसरी गर्ने, मल कति र कसरी हाल्ने, वोडो पेष्ट कसरी लगाउने लगायतका विभिन्न बिषयको ज्ञान दिइएको हो ।
त्यस्तै प्रशिक्षक रामबहादुर खत्रीले भने सानले स्याउ लगाएपछि विरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तर स्याउ नफल्ने बताए ।उनले भने,“बगैचामै व्यस्थापनको शिप सिकाईएको छ । किसानलाई एउटा विरुवाले कसरी गुणस्तरी स्याउ तथा फल दिन्छ वा विरुवा व्यस्थापनका चरणहरु केको हुन भन्ने जानकारी गराइएको छ ।

प्रशिक्षक खत्रीले स्याउको हरेक समयमा किसानले ध्यान दिएर व्यवस्थापन गरेमा राम्रो फल लाग्ने र बजार मुल्य पाउनेमा जोड दिए ।
त्यस्तै समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले किसानको आर्थिक जीवन स्तरमा बृद्धि गर्नका लागी बिभिन्न सिप र औजारको आबश्यक छ । तालिमको प्रयोग बढि हुनु पर्ने उनले भने ,कृर्षिको क्षेत्रमा काम गर्ने निकायले जिल्लाभर किसानलाई ब्यवारिक ज्ञान दिन जरुरी छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कृर्षि क्षेत्रका हरेक कार्यक्रम किसानका बगैचामा हुन जरुरी रहेको बताए । उनले भने,“ जब सम्म किसान आफै सक्षम हुदैनन, तब सम्म तालिम दिएको कुनै अर्थ हुदैन ।उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई स्याउ सुपरजोन कार्यालय जुम्लाले दिएको ब्यवारिक तालिम किसानका लागी महत्वपुण रहेको बताए । उनले भने,“ अगामी दिनहरुमा जुम्लाका ब्यवसायिक रुपमा स्याउ खेती गर्ने सबै किसानलाई यस्ता खालका सिप सिकाउन आबश्यक छ । जुम्लामा स्याउ सुपरजोन जुम्लामा लागु भएपछि धेरै किसान व्यवसायिक रुपमा स्याउ खेती तर्फ लागेका छन ।