पावेलको जन्मदिनको अवसरमा जुम्लामा वृक्षारोपण

जुम्ला ः नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा बृक्षारोपाण गरिएको छ । जुम्लाको चन्दननाथ पार्कमा बृक्षारोपाण गरिएको हो । यो पार्क कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठिको जग्गाभित्र रहेको छ ।
स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १ सय ५० सयपत्री फुल र १ सय तरबारे फुलका विरुवा रोपिएका छन् । चन्दननाथ नगरपालिका ५ मा रहेको सो पार्कमा बृक्षारोपण गरेर सुन्दर पार्कका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।अहिले सम्म पार्क मात्र थियो । स्वच्छ,सुन्दर र हराभरा थिएन,उनले भने,‘स्काउट दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ । यो सबैको लागि हेर्नलायक पार्क बनाउनुपर्छ ।

त्यस्तै पार्कमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले धुपीको विरुवा रोपेकी छन । उनले भनिन,‘बृक्षारोपण गर्ने कार्य निकै राम्रो हो । अब बृक्षारोपण गरिएका विरुवा हुर्काउन तर्फ लाग्न आबश्यक छ । हरियो वन नेपाल धन भन्ने भनाइलाई आत्मसात गरि विभिन्न प्रजातिका बोट विरुवा रोप्नेकामको सबैले प्रशंसा गर्नुपर्ने उनको जोड छ ।

यो कार्याक्रमको जुम्लाको चन्दनननाथ भैरव नाथ मन्दिर गुठि समितिले समन्वयमा बृक्षारोपणको काम गरिएको थियो ।
स्काउट जुम्लाले यहाँका तीन विद्यालयमा बृक्षारोपणको कार्य गर्ने तालिका बनाएको थियो । तर अहिले सम्म पार्क बनेर पनि सुन्दरता नदेखिएकोले गुठि समिति संग समन्वय गरेर चन्दननाथ पार्कमै बृक्षारोपण गर्ने निष्कर्षमा पुगेको बताएको छ ।
वृक्षारोपन,र विपद् जस्ता विभिन्न समस्यामा स्काउटलाई परिचालन गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी प्रसाई बताउँछिन । चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्काउटले गरेको काम प्रसंसनीय रहेको बताए । उनले सामाजिक काम गर्दा जिल्ला स्थित सबै सरोकारवाला निकाय संग समन्वय गरेर काम गर्न सुझाव दिए ।उनले पार्क व्यवस्थापन र निर्माणमा चन्दननाथ नगरपालिकाको पनि सहयोग रहनेमा जोड दिए । चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पुणसिंह कठायतले प्राकृतिक सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको जानकारी दिए । उनले बृक्षारोपणको काम गरेर पार्कलाई हराभरा बनाई सुन्दर नगरीका रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

पार्कमा चन्दननाथ मन्दिरको इतिहास लेखिएको साइनबोर्ड राख्नुका साथै मनोरम वातावरण बसेर अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा स्थापित गर्नुपर्ने स्थानीय बताउँछन ।बृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी प्रसाई,सशस्त्र प्रहरी बलका एसपी चित्राङ्गत दाहाल,नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द,गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत तथा पदाधिकारी,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा लगायत चन्दननाथ माध्यमिक विद्यालय खलंगाबजारका स्काउटमा आवद्ध विद्यार्थी सहभागि थिए ।

स्काउट दिवस मनाउनको लागि कर्णाली कला तथा संस्कृति मञ्च,जनस्वास्थ्य कार्यालय,डिभिजन बन कार्यालय,बनस्पति तथा अनुसन्धान केन्द्र जुम्ला र दियालो बहुउद्धेशीय सहकारी संस्था जुम्लाको सहयोगमा यो कार्यक्रम रिएको हो । प्रमुख जिल्ला अधिकारीलाई स्काउट टिमले स्काउट सलामी अर्पण समेत गरेको थियो ।

सम्बन्धित समाचार