कोरोना प्रभावित वालवालिकालाई टोलशिक्षा कार्यक्रम

जुम्ला ः कोरोनाको पहिलो र दोस्रो लहरले प्रभाबित बालबालकिालाई टोलशिक्षा कार्यक्रम गरिएको छ चन्दननाथ नगरपालिकाले नगरपालिकाको शिक्षा शाखा र युनिसेफको सहयोगमा नागरपालिका भित्रका १हजार ९ सय ९३ बालवालिकालाई टोलशिक्षा कार्यक्रम गरेको हो । चन्दननाथ नगरपालिकाले नगरपालिकाको ४५वटा स्थानका वालवालिकालाई टोल शिक्षा कार्यक्रम दिईएको पाइएको छ ।

नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलगाईले भने, कोरोनाको पहिलो र दोस्रो लहरमा सबै भन्दा बढी शिक्षा क्षेत्र प्रभावित भएको थियो ।त्यो अवधिमा वालावालिकाले अध्यायन गर्न पाएका थिएनन । जुम्लाका हिउदे बिदाका कारण बिद्यालय भर्खरै मात्रै संञ्चालन हुदैछन । यस अघि बिद्यालय बन्दा भएको समयममा बालवालिकाको पढाई पुर्ति गर्नका लागी टोलशिक्षा कार्यक्रम लागु गरिएको हो ।

शिक्षा शाखा प्रमुख चौलागाईका अनुसार यूनिसेफ नेपालको सहयोगमा नगरपाकिाले टोल शिक्षा कार्यक्रम २०७८ भदौबाट लागु गरिएको थियो । जसमा नगरपालिका भित्रका १ हजार ९ सय ९३ जना वालवालिका लाभिान्वित भएका छन् ्वालवालिकालाई टोलमा शिक्षक खटाएर माघ मसान्त सम्म टोल शिक्षा कार्यक्रम संचालन गरिएको उनले बताए । माघ पछि विद्यालय खुलेपछि विद्यार्थी सवै विद्यालय जाने गरेका छन् ।

यस अघि कोरोनाका कारण लगडाउन भएपछि विद्यार्थीहरु पढाईबाट बञ्चित भएका थिए । यस पटक नगरपालिकाले बिदाको समयमा पनी टोल शिक्षा कार्यक्रम लागु गरेको छ। यो टोल शिक्षा कार्यक्रम ईसिडि देखी कक्षा ३ सम्म अध्यायनरत बालवालिकालाई दिइएको हो ।

टोल शिक्षा कार्यक्रम संञ्चालन पछि नगरपालिकाले शिक्षामा क्षेत्रमा परेको प्रभाव र आगाडी दिनमा सुधार गर्नु पर्ने पक्षको बारेमा अनुगमन समेत गरेको बताएको छ । नगरउ पप्रमुख अप्सरा देवी महत, वडा नम्बर ८ का अध्यक्ष मिनबहादुर डाँगी, शिक्षा शाखा सहित सरोकारवालाहरुको टोलीले अनुगमन हो पाइएको छ ।

वि.सं २०७६ साल चैत्र र २०७८ वैशाखबाट दुई पटक लकडाउन भएकाले वालवालिकालाई शिक्षा क्षेत्रमा परेको असर कम गर्न शिक्षा कार्यक्रम लागु गरिएको नगरउ पप्रमुख अप्सरा देवी न्यौपाने (महत,)लेबताइन।उनले अनुगमनको क्रममा टोल शिक्षा कार्यक्रम आपतकालिन समयमा उपयूक्त भएको बताइन । बालवालिकाको अध्यापन संगै यूनिसेफले सरसफाई तथा शैक्षिक सामग्रीमा पनी सहयोग गरेको नगपालिकाले जनाएको छ ।