शरिरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु

जुम्ला ः जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको हो । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरिरमा आगोसल्कीदा जलेर मृत्यु भएको हो ।जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दकाअनुसार चिसोका कारण न्यानो बनाउँनका लागि बालेको आगो ताप्दै गर्दा शरिरमा आगो सल्कन गई रोकायको उपचारको क्रममा मृत्यु भएको हो ।

उनले भने,“बिहीवार दिउँसो ५ बजेतिरको समयमा मृतर्क रोकाया रानिजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरिरमा लाग्न पुगेको रहेछ ।रोकायको शरिरामा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खवर पुगेपछि रोकायलाई उद्धार गरि उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचार गर्ने क्रममा शुक्रवार दिउँसो ३ बजे मृ्त्यु भएको अस्पतालले घोषणा गरेको थियो ।