जुम्लामा ६ हजार २ सय ७१ मतदाता थपिए
जुम्लाः जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भीक तथ्यांक अनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । साउन महिनाको ३ गतेदेखि माघ २४ गते सम्म जुम्लामा नयाँ फोटो सहितको मतदाता नामावली संकलन काम भइरहेको थियो ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाले फागुन ७ तथा (शनिबार) परेको निर्बाचन दिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रमा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला ३ हजार ४० जना र पुरुष ३ हजार २ सय ३१ जना गरी ६ हजार २ सय ७१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए ।
उनले भने,थपिएका ६ हजार २ सय ७१ सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार ३ सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार १ सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।
उनका अनुासर छैटौं निर्वाचन दिवसका अबसरमा आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलहरुका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिताको पालना,व्यवस्थापन,सञ्चालनबारे जिज्ञासा राखेका थिए ।
हामी स्थानिय तहको निर्वाचनको तयारीमा जुटिरहेका छौ । निर्वाचन अधिकारी शर्माले भन्नुभयो,“माघ २४ गते भित्र मतदाता नामावलीमा दर्ता भएका तर बैशाख २९ गते सम्म १८ वर्ष पुगेका सबै नागरिकले मतदान गर्न पाउने छन् । विगतमा यस्तो व्यवस्था थिएन् ।
यो प्रारम्भिक तथ्यांक हो । आयोगमा पेश गरेका छौ ।नामावली अध्यावधि गर्नुपर्छ । दोहोरिएका सच्याउनु पर्छ । पछि थपघट पनि हुन सक्छ ।आठै पालिकामा १० दिन सम्म मतदाता नामावली संकलनको टोली खटाएपनि चिसोका कारण सबै नागरिक तराईमा तथा भरतमा रोजगारीका लागी जाने भएकोले अपेक्षाकृत रुपमा मातादाता नामावली संकलन नभएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकोले यसलाई शाान्त मर्यादित रुपमा सम्पन्न गर्न तर्फ केन्द्रित हुनुपर्ने बताए । निर्वाचन धादलि पुर्ण भएको बिगतका केहि अबशेषहरु भएकोले निर्वाचन आचारसंहिगताको पुर्ण पालाना संगै निर्वाचन केन्द्रित शान्ती सुरक्षा मजबसद बनाउन उनको जोड छ ।
त्यस्तै नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटिका सदस्य पुर्ण प्रसाद धितालले निर्वाचन धादलि रहित सान्त रुपमा हुनुपर्नेमा भन्दै अन्तरक्रियाले निवार्चन सम्बन्धिका केही अन्यौलताहरु प्रष्ट भएको उल्लेख गरे । निर्वाचन आचारसंहिता सबै तहका नेतालाई बराबर लाग्नु पर्छ । निर्वाचन कानुन लागू हुनुपर्छ । अघिपछि भन्दा निर्वाचनमा राज्यको स्रोत दुरुपयोग हुने प्रबृत्ति रोक्नुपर्छ । स्वतन्त्र रुपमा मतदाता गर्न सक्ने अझै स्थिति नरहेकोले निर्वाचन आचारसंहिता कार्यान्वयमा जोडदिनु पर्ने धितालको धनाई छ । निर्वाचनमा खटिएका कर्मचारी र मतदाता सबै निर्भिक हुनुपर्ने उनको भनाई छ ।
जुम्लामा हाल सम्म झण्डै ७२ हजार नागरिकले नागरिकता लिएका छन् । नागरिकता लिएका सबै नागरिकको मतदाता नामावली हुनुपर्ने प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले बताइन ।उनले भनिन्,“जम्मा नागरिकता लिएका मध्य ३ हजार नागरिक मात्रै मतदाता नामावलीबाट बञ्चित भएको देखाउछ ।
मतदाता नामावली संकलन हुँदा बखत धेरै मानिस जाडो छल्न जिल्ला बाहिर भएकोले छुटेको हुन सक्ने आंकलन छ । यसमा भौगोलिक विकटता तथा सूचनाको अभावले समस्या रहेको छ । जुम्लामा आगामी आउने निर्वाचनलाई लक्षित गरी ३ वटा मतदान केनद्र थपिएका छन । ३ थप सहित जम्मा ७९ वटा मतदान केन्द्र रहेका छन् ।










