कुपोषण मुक्त पालिका बनाउदै ः उपाध्यक्ष बुढा
जुम्लाः जुम्लाको तिलागाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढा यतिवेला कुपोषण रहित गाउपालिका बनाउन घर दैलोअभियानमा छन । उनि स्वास्थ्यकर्मी सहित पोषणको सन्देश बोकेर गाउँगाउँमा पुगेकी हुन । उपाध्यक्ष बिष्णु बुढाले अघिल्ला बर्षहरुमा विभिन्न पोषणयुक्तखाने कुराको कोशेली लिएर गाउँमा पुगेकी थिइन । तर अहिले उनी पोषण सन्देश बोकेर गाउँमा पुगेकी हुन । उनले सुनौलो हजार दिनभित्रका आमासंग आमा तथा शिशु अवस्थामा ध्यान दिनु पर्ने पोषिलो खानेकुराका बारेमा सहजीकरण गर्न स्वास्थ्यकर्मी सहित गाउबस्तीमा पुगेकी हुन ।
उपाध्यक्ष बिष्णु बुढाले भनिन् सहजकर्ता र स्वास्थ्यकर्मी समेत संगै गाउँ पुगेका छौ । उनले भनिन्,‘सुनौलो हजार दिन भित्रको समय निकै संवेदनशिल समय हो । यो समयमा पोषणको निकै आवश्यकता पर्छ । जब सम्म पोषिलो खानेकुरा दिइदैन, तब सम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुद हुन सक्दैन ।
उपाध्यक्ष बुढाले स्थानीयतहको निर्वाचन भइसकेपछि पहिलो बर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाड्ने कार्यक्रम लिएर घरदैलोमा पुगेको बताइन । उनका अनुसार दोस्रो बर्ष अण्डा, तेल र साबुन लिएर पोषिलो खानेकुरा खान र सरसफाईका क्रियाकलापमा बढि केन्द्रीत हुन प्रेरित गरिएको थियो ।
त्यस्तै तेस्रो बर्ष पोषिलो कोशेली लिएर घरदैलोमै पुगेको थिए । उनले भनिन,‘ सधै सरकारले दिन सम्भब हुदै र सकिदैन पनी । महिलाले अब आफै पोषिलो आहार बनाउनु पर्छ । सथानीय स्तरमा उत्पादन हुने खानेकुरा खायर आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नु पर्छ भन्ने हेतुले पोषण सन्देश दिन गाउगाउँमा पुगेका छौ । जब सम्म कुनै पनि मानिस पोषित हुदैन । तब सम्म कुनै पनि काम जाँगरिलो भएर गर्न सक्दैन । ’
जुम्लाको स्थानीय स्तरमा उत्पादित बस्तुको जाउलो बनाएर प्रयोग गर्न समेत सुझाइएको छ । उपाध्यक्ष बुढाले भनिन,‘संधै बाँडेर दिएर संभव हुदैन । अब पोषिलो खानेकुरा खुवाउने सन्देश छर्नु पर्ने अवस्था आयो । त्यही सन्देश बोकेर गाउँगाउँमा पुग्ने गरेका छौँ । ’
बिगतका वर्षमा सुनौलो हजार दिनभित्रका आमालाई पोषण सन्देश लेखिएको झोला सहित पोषण कोशेली दिइएको थियो । यो पटक गर्भवती तथा सुत्केरी आमालाई आफैले पोषिलो खानेकुरा बनाउनको लागि सुझाउँदै आएका छौँ । अब यहाँका आमा र बच्चाको पोषण अवस्था सधार गर्न उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ । यो बर्ष सचेतना फैलाउन गाउँमै पुग्न थालेका छौँ । सुनौलो हजार दिन भित्रका महिलाको सन्दर्भमा यो बर्ष पोषण बर्षका रुपमा मनाउँदैछौँ ।’
पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका वडा नम्बर १ रारागाउँ देखि यो शुरु भएको थियो । तिला ६ घोडेगाउँमा पुगेर सकिदैन । पोषण सन्देश संगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने,नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने,बच्चालाई नियमित स्तनपान गराउदै पोषिलो खानेकुरा खुवाउनको लागि हरेक आमा तयार हुनु पर्ने बिषयमा गम्भीर हुन आग्रह गरिएको छ ।
त्यस्तै तिलाका १ देखि ९ वडा सम्मका २ सय ५० जना गर्भवती भएको पोषण सहजकर्ता जसुकला रावतले बताइन् । उनले भनिन, १ हजार १ सय ४४ जना सुनौलो हजार दिन भित्रका आमा रहेको छन । गर्भवती आमा १ वडामा ३१,दुई मा २०,तिन मा ४०,चार मा ४५, पाँच मा २० छमा १६, सात मा २१, आठ मा २७ र ९ नम्बर वडामा ३० छन् । सुनौलो हजार दिन भित्रका आमा एक वडामा १ सय ४५, दुई मा १ सय ६७ तिन मा १ सय ६६ चार मा २ सय १ पाँच मा ७५ छ मा ८८ सात मा ८१ आठ मा ९६ र वडा नम्बर नौ मा ९५ जना रहेको पोषण सहजकर्ता जसुकला रावत बताउँछन् । उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ । कुपोषणबाट आफु बच्न र बच्चालाई समेत बचाउनको लागि आग्रह गरिएको उनले बताइन ।
स्थानीयस्तरमा उत्पादन हुने खानेकुरा खान सुझाब
त्यस्तै स्वास्थ्यचौकी जुम्लाकोटका इन्चार्ज तथा स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वका बारेमा निकै संवेदनशिल हुनुपर्ने बताए । ८० प्रतिशत दिमागको विकास २ बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ ।
स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी,माछामासु,अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दिए ।आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ,उनले बताईन् ।
तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तगर्त हरेक वडामा सुनौलो हजार दिन भित्रका आमा संग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन ।
पहिले सुत्केरी हुँदा समेत गोठमै बस्ने चलन थियो ।
सामान्य खानेकुरा दिने,खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो, पहिले भन्दा अहिले निकै सुधार भइसकेको छ,पोषण संयोजक रावतले थपिन् ।अझै पनि सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य बारेमा निकै जिम्मेवार हुन आवश्यक छ । उनीहरु एक्लैले सबै काम गर्न सक्दैनन । अभिभावक र छरछिमेकले समेत सघाउनुपर्छ । पोषण अवस्था,पोषिलो खानेकुरा,पोषणकोमहत्व,स्तनपानका आसनबारे जानकारी दिने देखि गर्भवती र सुत्केरी आमाको अनुभव समेत समेटिने काम भएको छ । उपाध्यक्ष आफै पुगेर पोषण र पोषिलो खानेकुराका बारेमा गाउँमा पुगेर सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित छन









