अवरुद्ध सडक खुलाउन हिउ पंञ्छाउदै जिल्ला बिपद समिति
जुम्ला ः हिमपातका कारण अबरुद्ध सडक सुञ्चारु गर्न जल्ला बिपद् समिति लागी गरेको छ । बिहीबार बेलुकीदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउनका लागी जुम्लाको बिपद समितिले हिउ पंछाउन थालेको हो । जुम्लामा लामो समय पछि सडकमा बाक्लो हिउँ जमेको पहिलो पटक भएको यहाका स्थानीयले बताएका छन । जुम्लाको विभिन्न सडक खण्डमा दर्जनौ सवारीसाधन रोकिएका छन्।
सड्क हिउँले ढोकीए पछि स्थानीय प्रशासनले डोजरले हिउँ पञ्छाउन प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, नेतृत्वको सुरक्षा निकाय सहितको सडक खुलाउन ऐरेनी तर्फ लागेको छ । हिउँ डोजरले पञ्छाउदै नाग्म सम्म अगाडि बढेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्वले बताए । उनले भने , त्यस क्षेत्रमा रहेका दर्जनौ गाडी डोजर लगाएर उद्धार गरिएको छ ।अझैपनि हिउँ परिरहेको हुदा केही गाडिहरु विचैमा अड्किएको प्रहरीले जनाएको छ ।
तातोपानी क्षेत्रमा हिउँमा फसेका गाडि उद्धार गर्न नेपाली सेना, शशस्त्र सहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।उनले थपे नेपाली सेनाले चन्दननाथ मन्दिरमा जमेको भारी हिउँ समेत सफाई गरेको छ । हिउँ पञ्छाउन डिभिजन सड्क जुम्लाले डोजर पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईका अनुसार अस्पताल क्षेत्रमा जाने सड्क क्षेत्रमा समेत हिउँ पञ्छाएको छ । लगातार हिउँ आएको हुदा झन झन हिउँ जमिरहेको छ ।
भारी हिमपातले विहानै देखी मानिसहरु घरभित्रै थन्किएका छन भने पशुचौपाया पनि गोठभित्रै थन्किएका छन् । हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ ।
त्यस्तै जुम्ला विमानस्थलमा भने भारी हिउँ परेकाले हिउँ पञ्छाउन सकिएको छैन् । यद्यपी हिउँ आएर हिउदे वालीमा भने राम्रो हुने किसानले बताएका छन् । हिमपातले चिसो समेत बढेको छ । जलतथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माईनस एक दशमलम शुन्य र अधिकतम तापक्रम २.२ रहेको छ ।
हिउ सडकमा जमेपछि कतिपय सवारी साधन हिउँमा चिप्लिएर नालीमा फसेका थिए । सडक सुचारु गर्ने काम जारी रहेको सडक डिविजनका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
हिमपातले सडक अवरुद्ध भई सवारीसाधन जाममा परेपछि यात्रुहरू बीचबाटोमा अलपत्र परेका छन्। राष्ट्रिय अनुसन्धान प्रहरीका डिसपी राज कुमार न्यौपानेले हिमपात भएको वेला सवारी दुर्घनाको जोखिम हुने भएकाले सवारीसाधन नचलाउन र यात्रुलाई पनि जोखिममा यात्रा नगर्न अनुरोध गर्दै अबरुद्ध भएको सडक खुलाउन पुगेको बताए ।उनले भने जुम्ला मात्रै नभइ कर्णाली राजमार्ग अन्तर्गतका अन्य सडक पनि पहिरोले अबरुद्ध भएका छन ।
हिमपातले सड्क, हवाई यातायात बन्द हुदा जनजीवन कष्ठकर भएको छ । हिमपातले कर्णाली राजमार्गमा थन्किएका गाडिहरु थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा हिमपात करिब एक फिट बढि आएपछि सड्क अवरुद्ध भएको छ् ।
हिमपातले मध्यराति देखी बिजुली अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बिजुली र ईन्टरनेका तार समेत चुटिएका छन् । हिमपातले स्थानीय तहमा रहेका एम्बुलेन्स समेत थन्किएका छन् । बसपार्क क्षेत्रमा गाडि, अटो र मोटरसाईकल समेत राजमार्गमा हिड्न सकेका छैनन् ।















