जुम्लामा पुनः हिमपात, जनजीवन कष्टकर


जुम्ला ः जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझ देखि हिमपात सुरु भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष जुम्लामा हिमपात तोस्रो –पटक भएको छ । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जुम्ला स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले यो हिमपात किसानका लागी उपयुक्त भएको कृर्षि बिकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको अधिकांश क्षेत्र, बिहीबारदेखि हिमपात भए पछि वेसि क्षेत्रमा आधा फिट हिम जमेको छ भने लेखाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ । हिमपातका कारण जुम्लामा बत्ती र इन्टनेट सेवा अबरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए । बाक्लो हिउँ जमेका कारण .यहाका नागरिकलाई बस्तुभाउ लाइ दानापानी दिनका लागी हिडडुल गर्न कठिनाइ छ ।

हिमपातका कारण जुम्लाका लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन । जिल्ला प्रशासन कार्यलय जुम्लाले हिमपताका कारण चिासो अत्याधिक मात्रमा बढेकाले झोलीलो खाने कुरा खान र न्यानो कपडा लागाएर बस्न अनुरोध गरेको छ ।